होमपेज > आज राष्ट्रिय धान दिवस, खेतमा रोपाइँ घरघरमा दही–चिउरा
असार १५ :

आज राष्ट्रिय धान दिवस, खेतमा रोपाइँ घरघरमा दही–चिउरा

बिज्ञापन

प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व आज देशभर उत्साहका साथ मनाइँदैछ। खेतमा धान रोप्दै, असारे गीत गाउँदै र दही–चिउरा खाँदै नेपालीहरूले यो दिनलाई कृषि, संस्कृति र परम्पराको उत्सवका रूपमा मनाउने गरेका छन्।

धान खेतीको मुख्य सिजन मानिने असार महिनामा किसानहरू रोपाइँमा व्यस्त रहने गर्छन्। दिनभर खेतमा काम गर्दा थकित शरीरलाई ऊर्जा र शीतलता प्रदान गर्ने विश्वासका साथ दही–चिउरा खाने परम्परा रहिआएको छ। यही कारण असार १५ नेपाली समाजमा ‘दही–चिउरा खाने पर्व’का रूपमा समेत स्थापित भएको छ।

खेतीपातीमा प्रत्यक्ष संलग्न नभएका मानिसहरूले पनि यस दिन दही–चिउरा खाएर पर्व मनाउने गर्छन्। नेपाली संस्कृतिमा दहीलाई शुभताको प्रतीक मानिन्छ। घरबाट शुभकार्यका लागि निस्कँदा, विदेश जाँदा वा नयाँ कामको थालनी गर्दा दहीको सगुन खाने परम्परा आज पनि जीवित छ। दही खाएर यात्रा गर्दा शुभ फल प्राप्त हुने जनविश्वास रहेको छ।

स्वास्थ्यका दृष्टिले पनि दही निकै लाभदायी मानिन्छ। यसले पाचन शक्ति बढाउने, शरीरलाई चिसो राख्ने र रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने विश्वास गरिन्छ। आयुर्वेदमा दही तथा मोहीलाई स्वास्थ्यवर्द्धक खाद्य पदार्थका रूपमा उल्लेख गरिएको छ। पखाला लागेका बेला दही–चिउरा सेवन गर्नु लाभदायी हुने मान्यता पनि छ।

नेपालमा राष्ट्रिय धान दिवस मनाउने औपचारिक सुरुआत २०६२ सालदेखि भएको हो। २०६१ साल मङ्सिर २९ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषिप्रधान देश नेपालका अधिकांश नागरिकको जीविकोपार्जन कृषि क्षेत्रमै निर्भर रहेकाले धान दिवसले विशेष महत्व राख्छ।

असार १५ मा खेतमा ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला’ जस्ता असारे भाका गुञ्जिन्छन्। हिलोमा रमाउँदै, एकअर्कालाई हिलो छ्यापाछ्याप गर्दै किसान र रोपाहारहरू रोपाइँलाई उत्सवका रूपमा मनाउने गर्छन्। नेपाली समाजमा असारमा कम्तीमा एकपटक हिलोमा पस्नैपर्ने सांस्कृतिक मान्यता पनि रहेको छ।

यद्यपि, यस वर्ष मनसुन ढिलो सक्रिय हुँदा देशका धेरै स्थानमा अपेक्षाअनुसार वर्षा हुन सकेको छैन। पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएको किसानहरूको गुनासो छ। केही स्थानमा रासायनिक मल अभावको समस्या पनि देखिएको छ। यद्यपि, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आवश्यक रासायनिक मलको पर्याप्त मौज्दात रहेको जनाएको छ।

कृषि, संस्कृति र परम्पराको सुन्दर संगमका रूपमा रहेको असार १५ नेपाली जनजीवनको एउटा महत्वपूर्ण राष्ट्रिय पर्वका रूपमा स्थापित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  2. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  3. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  4. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  5. अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  6. अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  7. प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  8. सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  9. लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  10. १० सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने
  11. ११ वाणिज्य बैंकहरूको औसत आयकर योगदान २३ अर्ब ३१ करोड रुपैयाँ
  12. १२ रोपाइँ गरिरहेका बेला पहिरो खस्दा आधा दर्जन किसान घाइते, एकको अवस्था गम्भीर
  13. १३ जानकी मन्दिर प्रवेश गर्न खोज्दा हर्क साम्पाङको विरोध, समर्थकलाई लखेटिएपछि दर्शन नगरी फर्किए
  14. १४ सामाजिक सुरक्षा कोषमा एक खर्ब १६ अर्बभन्दा बढी रकम जम्मा
  15. १५ China’s Moonshot and Alibaba Escalate AI Race With Powerful Open-Source Models