होमपेज > लोडसेडिङको अन्त्य भयो: कुलमान घिसिङ

लोडसेडिङको अन्त्य भयो: कुलमान घिसिङ

बिज्ञापन

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्त्य भएको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले लोडसेडिङको अन्त्यसँगै विद्युतलाई भारतमा समेत निर्यात गर्न सफल भएको बताएका हुन् ।

उनले भने, ‘विभिन्न आरोह अवरोहकाबिच पनि नेपाल विद्युत् प्राधिकरणले ३९ औँ वर्ष पार गरेको छ । आठ वर्ष अघि वर्षायाममा समेत दैनिक आठ,नौ घण्टा र सुख्खा याममा १८ घण्टासम्मको लोडसेडिङ हुनुपरेको कहालीलाग्दो अवस्थाबाट मुक्ति मिलेको छ । हाल वर्षायाममा देशभित्र खपत गरि दैनिक सात सय मेगावाट भन्दा बढी निर्यात गर्ने अवस्थामा पुगेका छौँ । २०७३ सालको तिहारको लक्ष्मी पूजाको दिनदेखि काठमाडौँ उपत्यकाबाट प्रारम्भ गरिएको लोडसेडिङ अन्त्यको अभियानबाट २०७५ वैशाखबाट मुलुकभर लोडसेडिङ अन्त्य गर्न सफल भएका छौँ ।’

साथै उनले प्राविधिक कारणले केही छिन विद्युत् अवरुद्ध भए पनि गर्वका साथ लोडसेडिङ अन्त्य भएको जिकिर गरे । उनले वर्षायाममा विद्युत् भारत निर्यात गरि बिदेसी मुद्रा आर्जन गर्नुका साथै व्यापार घाटा कम गर्न विद्युत् प्राधिकरण सफल भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  2. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  3. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  4. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  5. अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  6. अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  7. प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  8. सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  9. लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  10. १० सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने
  11. ११ वाणिज्य बैंकहरूको औसत आयकर योगदान २३ अर्ब ३१ करोड रुपैयाँ
  12. १२ रोपाइँ गरिरहेका बेला पहिरो खस्दा आधा दर्जन किसान घाइते, एकको अवस्था गम्भीर
  13. १३ जानकी मन्दिर प्रवेश गर्न खोज्दा हर्क साम्पाङको विरोध, समर्थकलाई लखेटिएपछि दर्शन नगरी फर्किए
  14. १४ सामाजिक सुरक्षा कोषमा एक खर्ब १६ अर्बभन्दा बढी रकम जम्मा
  15. १५ China’s Moonshot and Alibaba Escalate AI Race With Powerful Open-Source Models