होमपेज > अमेरिकाले रिजर्भबाट ५ करोड ३३ लाख ब्यारेल कच्चा तेल बजारमा ल्याउने

अमेरिकाले रिजर्भबाट ५ करोड ३३ लाख ब्यारेल कच्चा तेल बजारमा ल्याउने

बिज्ञापन

अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट ५ करोड ३३ लाख ब्यारेल कच्चा तेल बजारमा उपलब्ध गराउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले अमेरिका(इजरायल र इरानबीच बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र बढेपछि यस्तो निर्णय गरेको हो ।

रिपोर्टका अनुसार उक्त कच्चा तेल ऊर्जा कम्पनीहरूलाई ऋण स्वरूप उपलब्ध गराइनेछ । युद्ध र विश्वव्यापी आपूर्ति संकटका कारण प्रभावित तेल बजारलाई स्थिर बनाउने उद्देश्यले यो कदम चालिएको बताइएको छ । गत महिना अमेरिकी ऊर्जा विभागले ९ करोड २५ लाख ब्यारेल तेल उपलब्ध गराएको थियो । तर एक्सन मोबिल, ट्राफिगुरा र म्याराथन पेट्रोलियमसहित ९ ऊर्जा कम्पनीले त्यसको केवल ५८ प्रतिशत मात्र उपयोग गरेका थिए ।

प्रतिवेदनअनुसार यो निर्णय अमेरिकी ऊर्जा विभागको दीर्घकालीन रणनीतिक योजनाको हिस्सा हो । विभागले युद्धको प्रभाव कम गर्न कुल १७ करोड २० लाख ब्यारेल तेल भण्डारबाट बजारमा ल्याउने योजना बनाइरहेको जनाएको छ । अमेरिका(इरान तनाव र होर्मुज जलडमरूमध्यमा देखिएको संकटका कारण विश्व बजारमा तेल आपूर्तिबारे चिन्ता बढिरहेको छ । ब्रेन्ट क्रुड तेलको मूल्य प्रतिव्यारेल १०४ अमेरिकी डलर नाघिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  2. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  3. १३ राजदूतका लागि ३ हजार आवेदन
  4. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  5. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  6. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  7. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  8. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  9. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  10. १० अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  11. ११ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  12. १२ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  13. १३ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  14. १४ लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  15. १५ सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने