होमपेज > अलोन्सो चेल्सीको मुख्य प्रशिक्षकमा जाबी अलोन्सो नियुक्त

अलोन्सो चेल्सीको मुख्य प्रशिक्षकमा जाबी अलोन्सो नियुक्त

बिज्ञापन

जाबी अलोन्सो चेल्सीको मुख्य प्रशिक्षक बनेका छन् । गत जनवरीमा रियल म्याड्रिडको प्रशिक्षकबाट राजीनामा दिएका अलोन्सोले चेल्सीमा चार बर्षको सम्झौता गरेको क्लबले औपचारिक जानकारी दिएको छ ।

चेल्सीसँग सम्झौता गरेपछि ओलोन्सोले भनेका छन् ‘क्लबको स्वामित्व समूह र खेल नेतृत्वसँग भएका मेरा छलफलबाट हाम्रो लक्ष्य एउटै रहेको स्पष्ट भएको छ । हामी निरन्तर उच्च स्तरमा प्रतिस्पर्धा गर्न सक्ने र उपाधिका लागि लड्न सक्षम टोली निर्माण गर्न चाहन्छौं । यो टोलीमा उत्कृष्ट प्रतिभा छ र क्लबभित्र ठूलो सम्भावना पनि रहेको छ । यस्तो क्लबको नेतृत्व गर्न पाउनु मेरा लागि ठूलो सम्मानको विषय हो । अब हाम्रो ध्यान कडा मेहनत, सही संस्कृतिको निर्माण र उपाधि जित्ने लक्ष्यमा केन्द्रित हुनेछ ।’

उनले चेल्सीमा २०३० को जुनसम्मका लागि सम्झौता गरेका छन् । उनको सम्झौता जुलाई १ देखि शुरु हुने क्लबले जानकारी दिएको छ ।अलोन्सोले यसअघि रियल म्याड्रिड र बायर लिभरकुसनको प्रशिक्षक बनेका थिए । रियल म्याड्रिडमा उनको कार्यकाल सफल नभए पनि लिभरकुसनमा भने उनले टिमलाई जर्मन लिग, डिएफबी पोकाल र डिएफएल सुपर कपको उपाधि जिताएका थिए ।

४४ बर्षिय स्पेनिस मिडफिल्डर अलोन्सोले आफ्नो खेल जीवनको ६ बर्ष लिभरपुल र ६ बर्ष रियल म्याड्रिडमा बिताएका थिए । उनले ३ बर्ष बायर्न म्युनिखमा खेलेपछि सन्यास लिदै प्रशिक्षणतर्फ लागेका थिए । खेलाडीको रुपमा उनले स्पेनको राष्ट्रिय टिमबाट भने २००३ देखि २०१४ सम्म ११४ खेल खेलेका थिए । उनी स्पेनले २०१० को विश्व्कप तथा २००८ र २०१२ को युरोकप जित्दा टिमको महत्वपूर्ण सदस्य थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  2. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  3. १३ राजदूतका लागि ३ हजार आवेदन
  4. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  5. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  6. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  7. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  8. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  9. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  10. १० अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  11. ११ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  12. १२ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  13. १३ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  14. १४ लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  15. १५ सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने