होमपेज > आईफोनको सुरक्षामा कमजोरी टाइप गर्ने बित्तिकै क्र्याश

आईफोनको सुरक्षामा कमजोरी टाइप गर्ने बित्तिकै क्र्याश

बिज्ञापन

आईफोन र आईप्याडमा अनौठो बग (सुरक्षा कमजोरी) फेला परेको छ । केही क्यारेक्टर टाइप गर्नासाथ डिभाइस अस्थायी रूपमा क्र्याश हुने समस्या देखिएको हो ।

तपाईंसँग आईफोन छ भने यो बग परीक्षण गर्न सक्नुहुन्छ । त्यसका लागि सबैभन्दा पहिले एप लाइब्रेरीमा जानुहोस् । एप लाइब्रेरीको पेजमा जान स्क्रिनलाई बायाँपट्टि स्लाइड गर्नुहोस् । त्यसपछि एप लाइब्रेरीको पेजमा सर्च गर्ने अप्सन देखिन्छ । त्यसमा “”: टाइप गरेपछि; क्यारेक्टर टाइप गर्नुहोस् । यसपछि एप्पल डिभाइसको स्प्रिङबोर्ड इन्टरफेस अस्थायी रूपमा क्र्याश हुन्छ । र, प्रयोगकर्तालाई लक स्क्रिनमा फिर्ता पठाइन्छ ।

यस बगलाई सेटिङ एपको सर्चबार वा एप लाइब्रेरीको सर्चबारमा टाइप गर्दा डिभाइस क्र्याश हुने पाइएको छ । केही अवस्थामा डिभाइस सामान्य अवस्थामा फर्कनुअघि स्क्रिनमा कालो लोडिङ पेज देखिने गरेको पाइएको छ । यस बगले सुरक्षा खतरामा पार्ने सम्भावना नभए पनि प्रयोगकर्तालाई असुविधा पुर्‍याउन सक्ने बताइएको छ । हालसम्म एप्पलले यस बगबारे कुनै प्रतिक्रिया दिएको छैन । तर आगामी अपडेटमा यसको समाधान हुने अपेक्षा गरिएको छ । यसलाई तत्काल टार्न सेटिङ वा एप लाइब्रेरीको सर्च बारमा “”: टाइप नगर्नु नै उपयुक्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. १३ राजदूतका लागि ३ हजार आवेदन
  2. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार: प्रधानमन्त्री शाह
  3. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  4. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  5. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  6. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  7. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  8. अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  9. अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  10. १० प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  11. ११ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  12. १२ लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  13. १३ सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने
  14. १४ वाणिज्य बैंकहरूको औसत आयकर योगदान २३ अर्ब ३१ करोड रुपैयाँ
  15. १५ रोपाइँ गरिरहेका बेला पहिरो खस्दा आधा दर्जन किसान घाइते, एकको अवस्था गम्भीर