होमपेज > आजदेखि एन्ड्रोइड स्मार्टफोनमा ह्वाट्सएप नचल्ने, कुन-कुन फोनहरुमा नचल्ने?

आजदेखि एन्ड्रोइड स्मार्टफोनमा ह्वाट्सएप नचल्ने, कुन-कुन फोनहरुमा नचल्ने?

बिज्ञापन

१ जनवरी २०२५ अर्थात् आजदेखि २० भन्दा धेरै पुराना एन्ड्रोइड स्मार्टफोनमा ह्वाट्सएप नचल्ने भएको छ । एन्ड्रोइड ४.४ किटक्याट वा सोभन्दा पुराना अपरेटिङ सिस्टम भएका फोनमा अब ह्वाट्सएप प्रयोग गर्न पाइने छैन ।

ह्वाट्सएपको मातृ कम्पनी मेटाले आफ्नो एपको सुरक्षा र सुविधालाई मध्यनजर गर्दै यो निर्णय लिएको हो । ​यसअन्तर्गत ​सामसङ, मोटोरोला, एचटीसी, एलजी, सोनी जस्ता ब्रान्डका मोडेलहरूमा ह्वाट्सएप चल्ने छैन । मेटाका अनुसार पुराना अपरेटिङ सिस्टममा नयाँ सुरक्षा सुविधाहरु थप्न गाह्रो हुन्छ । यसले गर्दा ह्याकरले सजिलैसँग फोन ह्याक गर्न सक्छन् र गोपनीयतामा खतरा उत्पन्न हुन सक्छ ।

यदि तपाईंको फोन यो सूचीमा पर्छ भने च्याट ब्याकअपमा राखी नयाँ स्मार्टफोन प्रयोग गर्न कम्पनीले सुझाएको छ ।

ह्वाट्सएप नचल्ने फोनहरु यसप्रकार छन्:

.सामसङ ग्यालेक्सी एस ३, ग्यालेक्सी नोट २, ग्यालेक्सी एस ३, ग्यालेक्सी एस ४ मिनी

.मोटोरोला डिभाइस जस्तै मोटो जी, रेजर एचडी, मोटो ई २०१४

.एचटीसी मोडेल जस्तैः वन एक्स, वन एक्स प्लस, डिजायर ५०० र डिजायर ६०१

.एलजीको अप्टिमस जी, नेक्सस ४, जी २ मिनी र एल ९०

.सोनीको एक्सपेरिया जेड, एक्सपेरिया एसपी, एक्सपेरिया टी र एक्सपेरिया भी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  2. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  3. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  4. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  5. अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  6. अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  7. प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  8. सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  9. लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  10. १० सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने
  11. ११ वाणिज्य बैंकहरूको औसत आयकर योगदान २३ अर्ब ३१ करोड रुपैयाँ
  12. १२ रोपाइँ गरिरहेका बेला पहिरो खस्दा आधा दर्जन किसान घाइते, एकको अवस्था गम्भीर
  13. १३ जानकी मन्दिर प्रवेश गर्न खोज्दा हर्क साम्पाङको विरोध, समर्थकलाई लखेटिएपछि दर्शन नगरी फर्किए
  14. १४ सामाजिक सुरक्षा कोषमा एक खर्ब १६ अर्बभन्दा बढी रकम जम्मा
  15. १५ China’s Moonshot and Alibaba Escalate AI Race With Powerful Open-Source Models