राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा आशिका तामाङलाई उम्मेदवारका रूपमा अघि सारेको छ।
आज सोमबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा रास्वपाका नेता गणेश पराजुलीले तामाङलाई टिकट हस्तान्तरण गरेका हुन्।
यसअघि तामाङले काठमाडौं क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने बताउँदै आएकी थिइन्।

