होमपेज > उम्मेदवार हर्क साम्पाङविरुद्ध उजुरी

उम्मेदवार हर्क साम्पाङविरुद्ध उजुरी

बिज्ञापन

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) विरुद्ध चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरिएको आरोप लागेको छ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर–१ बाट उम्मेदवार रहेका साम्पाङविरुद्ध धरान नगर बाल सञ्जालले आइतबार उजुरी दर्ता गराएको हो ।

नगर बाल सञ्जालले निर्वाचन अधिकृतको कार्यालय र धरान प्रहरीमा उजुरी दिँदै साम्पाङमाथि कारबाहीको माग गरेको छ । सञ्जालका अनुसार आउँदो फागुन २१ गते हुने निर्वाचन लक्षित प्रचारका क्रममा प्रत्यक्ष रूपमा बालबालिकाको प्रयोग गरिएको छ ।

उजुरीमा बालबालिका ऐन, २०७५ को परिच्छेद २, दफा ७ को उपदफा ९७० अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने कानुनी व्यवस्था उल्लेख गरिएको छ। कानुन विपरीत बालबालिकालाई चुनावी गतिविधिमा संलग्न गराई बाल अधिकारको गम्भीर उल्लङ्घन भएको दाबी गरिएको छ।

नगर बाल सञ्जालले साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित गराई आवश्यक छलफल र छानबिन गर्दै आचारसंहिता तथा कानुनअनुसार कारबाही गर्न माग गरेको छ ।

उजुरी बुझ्दै प्रमुख निर्वाचन अधिकृत दिव्यराज घिमिरेले कारबाही प्रक्रिया अगाडि बढाइने बताएका छन् । उनका अनुसार प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा गठित समितिले उजुरी अध्ययन गर्नेछ र सम्बन्धित निकायमा पत्राचार गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  2. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  3. १३ राजदूतका लागि ३ हजार आवेदन
  4. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  5. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  6. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  7. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  8. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  9. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  10. १० अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  11. ११ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  12. १२ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  13. १३ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  14. १४ लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  15. १५ सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने