नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा ‘आपकी बार गगन सरकार’ को नारा लागेको छ । विशेष महाधिवेशनबाट सभापतिमा चुनिएपछि थापा पदभार ग्रहणका लागि पार्टी कार्यालयमा पुग्दा समर्थकहरूले नारा लगाएका हुन् ।
सभापति चुनिएको ८ दिनपछि थापा पद बहालीका लागि केन्द्रीय कार्यालय सानेपा पुगेका हुन् । उनीसहित विशेष महाधिवेशनबाट चुनिएका पदाधिकारीले पदबहाली गरेपछि केन्द्रीय कार्यसमितिको बैठक पनि राखिएको छ ।
गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा १३५ सदस्यीय केन्द्रीय कार्यससमिति चयन भएको थियो । केन्द्रीय समिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा जाने निर्णय गरेको छ ।

