होमपेज > को हुन् नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा नियुक्त भएका पर्वतकुमार कार्की?

को हुन् नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा नियुक्त भएका पर्वतकुमार कार्की?

बिज्ञापन

सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कोषको कार्यकारी निर्देशक पदमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

अर्थ मन्त्रालयको प्रस्तावमा कार्कीलाई कार्यकारी निर्देशक पदमा नियुक्ति गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । कार्कीले नेपाल राष्ट्र बैंकमा तीन दशक बिताएका छन् । उनी राष्ट्र बैंकको पूर्वकार्यकारी निर्देशक हुन् ।

उनी यसअघि ग्रामिण विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पनि बनेका थिए । उनले त्रिभुवन विश्वविद्यालय नेपाल र अष्ट्रलियाको ग्रिफिट युनिभर्सिटिबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् ।

कोषको कार्यकारी निर्देशकको लागि ५ जनाको नाम सर्ट लिस्ट गरिएको थियो । पर्वत कुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा. शिवहरी श्रेष्ठ सर्ट लिस्टमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  2. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  3. १३ राजदूतका लागि ३ हजार आवेदन
  4. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  5. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  6. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  7. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  8. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  9. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  10. १० अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  11. ११ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  12. १२ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  13. १३ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  14. १४ लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  15. १५ सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने