होमपेज > खैरो हिरोइनसहित तीन जना पक्राउ

खैरो हिरोइनसहित तीन जना पक्राउ

बिज्ञापन

धनुषा प्रहरीले जिल्लाको विभिन्न स्थानहरुबाट लागु औषध (खैरो हिरोइन)सहित तीन जनालाई पक्राउ गरेको छ। सोमबार पत्रकार सम्मेलनमार्फत जिल्लाको विभिन्न स्थानबाट बरामद भएका लागु औषधको बारेमा जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

आइतबार धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित बालुवा खोलामा लागु औषध खैरो हिरोइन बिक्रि वितरण भइरहेको सूचनाको आधारमा ढल्केवरबाट खटेको प्रहरीको टोलीले खैरो हिरोइन जस्तो देखिने पदार्थ ३९.१९० ग्रामसहित मोटरसाइकलमा सवार २५ वर्षीया राजेश यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी भुवनेश्वर तिवारीले जानकारी दिए।
त्यस्तै, गत २९ गत्ते जनकपुरधाम उपमहानगरपालिका वडा नं. २१ कुर्थामा चेक जाँच गर्नै क्रममा मोटरसाइकलमा सवार अस्फाक राइन र सल्मत अलीलाई ५.६ मिलि ग्राम खैरो हिरोइन जस्तो देखिने लागू औषध पदार्थसहित पक्राउ गरेको उनले जानकारी दिए।

त्यस्तै, फागुन ४ गत्ते  जनकपुरधाम वडा नं. ८ स्थित न्यू अनुष्का ट्रेडर्स मनी ट्रान्सफर्सबाट श्रोत नखुलेको ४७,८४,६३५ रुपैयाँ बरामद भएको छ। उक्त रकम कस्को र कहाँबाट आयो भन्ने विषयमा जनकपुरधाम वडा नं. ८ बस्ने जेनिस कुमार साहलाई अनुसन्धानका लागि हिरासतमा लिइएको एसपी तिवारीले जानकारी दिए।

त्यस्तै, सोही दिन वडा नं. ८ बाट १० लाख नेपाली रुपैयाँसहित भारत सितामढी बस्ने ४२ वर्षका जामुन नायकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। पक्राउ परेका सबैजनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार: प्रधानमन्त्री शाह
  2. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  3. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  4. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  5. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  6. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  7. अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  8. अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  9. प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  10. १० सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  11. ११ लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  12. १२ सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने
  13. १३ वाणिज्य बैंकहरूको औसत आयकर योगदान २३ अर्ब ३१ करोड रुपैयाँ
  14. १४ रोपाइँ गरिरहेका बेला पहिरो खस्दा आधा दर्जन किसान घाइते, एकको अवस्था गम्भीर
  15. १५ जानकी मन्दिर प्रवेश गर्न खोज्दा हर्क साम्पाङको विरोध, समर्थकलाई लखेटिएपछि दर्शन नगरी फर्किए