होमपेज > गृह मन्त्रालयले लागुऔषधको ओसारपसारको नियन्त्रण गर्ने कुरा प्राथमिकतामा राखेको छ: गृहमन्त्री लेखक

गृह मन्त्रालयले लागुऔषधको ओसारपसारको नियन्त्रण गर्ने कुरा प्राथमिकतामा राखेको छ: गृहमन्त्री लेखक

बिज्ञापन

गृहमन्त्री रमेश लेखकले लागुऔषध नियन्त्रणका लागि आगामी आर्थिक वर्ष (आव) २०८२/८३ मा लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने घोषणा गरेका छन् ।

बिहीबार काठमाडौँमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् । मन्त्रालयले लागुऔषधको दुरुपयोग अवैध ओसारपसारको नियन्त्रण गर्ने कुरालाई अत्यन्तै गम्भिरतापूर्वक र प्राथमिकतामा राखेको बताउँदै उनले आगामी आवमा गृहमन्त्रालय अन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गरिने घोषणा गरे ।

उनले भने,‘गृह मन्त्रालयले लागुऔषधको दुरुपयोग अवैध ओसारपसारको नियन्त्रण गर्ने कुरालाई अत्यन्तै गम्भिरतापूर्वक र प्राथमिकतामा राखेको छ । हामी लागूऔषधलाई नियन्त्रण गर्नको लागि बेग्लै विभागको स्थापना गर्ने छौं । म यो घोषणा गर्न चाहान्छु । आउने नयाँ आर्थिक वर्षमा गृहमन्त्रालय अन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गरिने छ ।’ उनले लागुऔषधको विस्तार धेरै भएको र समाज यसबाट प्रभावित बनिरहेको भन्दै सबैभन्दा पहिला लागूऔषधको सेवनले मानिसको जीवन समाप्त गर्छ भन्ने कुराको चेतना जगाउन आवश्यक रहेको बताए ।

उनले भने,‘लागूऔषधको दुरुपयोगले समाजलाई भयावह ढंगले नकारात्मक रुपले प्रभावित पारेको छ । र यस्को विस्तार एकदमै धेरै बढिराखेको छ । त्यसैले पहिला लागूऔषधको सेवनले मानिसको जीवन समाप्त गर्छ भन्ने कुराको चेतना जगाउन आवश्यक छ । यस्तो चेतना विद्यालय–विद्यालयमा पुग्न जरुरी छ ।’ देशभरमा कारागारमा रहेका कैदीबन्दीमध्ये दोस्रो सबैभन्दा ठुलो संख्यामा लागुऔषधको दुव्र्यसनी, भण्डारण, ओसारपसार गर्नेहरू रहेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  2. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  3. १३ राजदूतका लागि ३ हजार आवेदन
  4. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  5. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  6. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  7. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  8. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  9. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  10. १० अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  11. ११ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  12. १२ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  13. १३ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  14. १४ लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  15. १५ सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने