होमपेज > चर्को भाडा असुलेपछि यति एअरलाइन्सको काउन्टर तोडफोड

चर्को भाडा असुलेपछि यति एअरलाइन्सको काउन्टर तोडफोड

बिज्ञापन

वायुसेवा कम्पनीले सामान्य मानवीय व्यवहारको समेत ख्याल नगरी चर्को भाडा असुलेपछि एअरलाइन्सको काउन्टर तोडफोडसम्मको अवस्था सिर्जना भएको छ ।

अविरल वर्षाले सडक यातायात अवरुद्ध भएपछि हवाई उडानमार्फत उपत्यकाबाहिर जाने एक मात्र विकल्प भएको मौका छोपेर वायुसेवा प्रदायकले टिकट बिक्रीमा दोब्बर मूल्य असुल्ने तर समयमा उडान नगरेपछि यात्रुहरू आक्रोशित हुन थालेका हुन् । यस्तो ‘निर्मम व्यवहार’ले पीडित यात्रुहरूले मंगलबार यति एअरको काउन्टरसमेत तोडफोड गरे । यति एयरको कर्मचारीलाई समेत हात हालेका छन् । ६ हजारको टिकटलाई १२ हजार लिएर धेरै ढिलो उडान गरेको भन्दै यात्रुहरूले काउन्टर तोडफोड गरिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ । जहाँ यति एअरका कर्मचारी र प्रहरी निरीह भएका देखिन्छन् । उनीहरूले कुनै जवाफ दिन सक्दैनन् ।

यात्रुहरू भन्छन्, ‘६ हजारको टिकटलाई १२ हजार तिरेका थियौँ । तीन चार घन्टासम्म उडान भएन । यति एअरको लापरबाहीले यात्रुहरूको धैर्यको बाँध फुट्यो । टिकेटिङ डेस्कमा तोडफोड भयो ।’ दर्जनौँ यात्रुहरूले काउन्टर घेरेर हुलदंगा गरेको भिडिओ अहिले सोसल मिडियामा भाइरल छ । विमानस्थल प्रहरी भने घटनाप्रति रक्षात्मक भएको छ । अरू बेलामा एक दुईजनाले असन्तुष्ट जाहेर गर्दा पक्राउ गरिन्थ्यो । तर, अहिले सबै यात्रुहरूले हुल बाँधेर आएपछि प्रहरीले केही गरेन । विमानस्थल प्रहरी स्रोतले भन्यो, ‘गल्ती विमान कम्पनीकै छ । यात्रुहरूको असन्तुष्टि स्वाभाविक हो । धन्न हामीले यात्रुलाई सम्झाएपछि ठुलो घटना हुन पाएन ।’

एअरलाइन्सहरूले ७ हजारको टिकेटलाई १७ हजार रुपैयाँसम्म पुर्‍याएका थिए । चौतर्फी आलोचना भएपछि विज्ञप्ति जारी गरेर आगामी तीन दिनसम्म सरकारले तोकेको उच्चदरभन्दा कम शुल्क उठाउने निर्णय भएको जानकारी दिएका थिए । तर, दुई दिनसम्मको टिकट उच्चदरमा बिक्री गरेर तीन दिनसम्मका लागि मध्यम भाडादर तोकेको भनी झुटो प्रचार गरेको खुल्न आएको छ । अहिले फेरि टिकटकको भाउ दोब्बर, तेब्बर भएको छ । राहत दिनुपर्ने समयमा यात्रुलाई हवाई सञ्चालकको आहत दिएको भन्दै यात्रुहरू विमान कम्पनीसँग चर्को असन्तुष्टि जनाइरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  2. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  3. १३ राजदूतका लागि ३ हजार आवेदन
  4. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  5. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  6. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  7. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  8. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  9. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  10. १० अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  11. ११ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  12. १२ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  13. १३ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  14. १४ लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  15. १५ सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने