होमपेज > जेठ महिनाका लागि बैंकहरूले सार्वजनिक गरे नयाँ ब्याजदर (सूचीसहित)

जेठ महिनाका लागि बैंकहरूले सार्वजनिक गरे नयाँ ब्याजदर (सूचीसहित)

बिज्ञापन

वाणिज्य बैंकहरूले जेठ महिनाका लागि नयाँ ब्याजदर सूची सार्वजनिक गरेका छन् । जसअनुसार वैशाखको तुलनामा बैंकहरूले निक्षेपमा दिने औसत ब्याजदर घटाएका छन् ।

जेठमा १९ वटा बैंकहरूको ब्याजदर ०.०७ प्रतिशत घटेर व्यत्तिगततर्फ ७.०७ प्रतिशत र संस्थागततर्फ ५.८९ प्रतिशतमा झरेको छ । बैशाखको तुलनामा जेठमा ९ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने तीन बैंकले बढाएका छन् ।

सार्वजनिक सूचीअनुसार एनएमबी, एभरेस्ट, सानिमा, सिद्धार्थ, नबिल, सिटिजन्स, प्राइम, राष्ट्रिय वाणिज्य र एसबीआई बैंकले ब्याजदर घटाएका हुन् । तर, एनआईसी एशिया र ग्लोबल आइएमई र प्रभु बैंकले जेठमा ब्याजदर बढाएका छन् ।

व्यक्तिगत मुद्दती निक्षेपमा ७ बैंकले वैशाखकै दरलाई यथावत राखेका छन् । लक्ष्मी सनराइज, कुमारी, नेपाल, नेपाल इन्भेस्टमेन्ट मेगा, स्टान्डर्ड चार्टर्ड, हिमालयन र माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर वैशाखकै दरलाई यथावत राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  2. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  3. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  4. अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  5. अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  6. प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  7. सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  8. लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  9. सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने
  10. १० वाणिज्य बैंकहरूको औसत आयकर योगदान २३ अर्ब ३१ करोड रुपैयाँ
  11. ११ रोपाइँ गरिरहेका बेला पहिरो खस्दा आधा दर्जन किसान घाइते, एकको अवस्था गम्भीर
  12. १२ जानकी मन्दिर प्रवेश गर्न खोज्दा हर्क साम्पाङको विरोध, समर्थकलाई लखेटिएपछि दर्शन नगरी फर्किए
  13. १३ सामाजिक सुरक्षा कोषमा एक खर्ब १६ अर्बभन्दा बढी रकम जम्मा
  14. १४ China’s Moonshot and Alibaba Escalate AI Race With Powerful Open-Source Models
  15. १५ सक्कली बिल लिने उपभोक्तालाई १० लाखसम्म उपहार