होमपेज > दोहोरो अङ्कले घट्यो शेयर बजार, कतिको भयो कारोबार?

दोहोरो अङ्कले घट्यो शेयर बजार, कतिको भयो कारोबार?

बिज्ञापन

हप्ताको पहिलो दिन आज शेयर बजार दोहोरो अङ्कले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज १३ दशलमव ५३ अङ्कले घटेर दुई हजार पाँच सय ८३ दशमलव २९ विन्दुमा झरेको छ।

अघिल्लो हप्ताको अन्तिम कारोवार दिन अर्थात् गएको बिहीवार पनि नेप्से ३१ अङ्कभन्दा धेरैले घटेको थियो। आज जलविद्युत् र उत्पादनबाहेक सबै उपसमूहको शेयर घटेकोमा विकास बैंक उपसमूह दुई प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ। यस्तै फाइनान्स, बीमा, व्यापार उपसमूहको शेयर उच्च अङ्कले घटेको छ।

आज सप्तकोशी विकास बैंक र मायाखोला जलविद्युत् आयोजनाको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ। समग्रमा बजार घटे पनि सपोर्ट लघुवित्त, बाराही जलविद्युत्, न्यादी जलविद्युत्, सुपरमादी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ।

आज कारोबार रकम पनि घटेको छ। बिहीवार चार अर्ब ७६ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज तीन सय १९ वटा कम्पनीका ९१ लाख ८० हजार कित्ता शेयर चार अर्ब ५१ करोड रुपैयाँमा किनबेच भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  2. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  3. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  4. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  5. अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  6. अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  7. प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  8. सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  9. लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  10. १० सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने
  11. ११ वाणिज्य बैंकहरूको औसत आयकर योगदान २३ अर्ब ३१ करोड रुपैयाँ
  12. १२ रोपाइँ गरिरहेका बेला पहिरो खस्दा आधा दर्जन किसान घाइते, एकको अवस्था गम्भीर
  13. १३ जानकी मन्दिर प्रवेश गर्न खोज्दा हर्क साम्पाङको विरोध, समर्थकलाई लखेटिएपछि दर्शन नगरी फर्किए
  14. १४ सामाजिक सुरक्षा कोषमा एक खर्ब १६ अर्बभन्दा बढी रकम जम्मा
  15. १५ China’s Moonshot and Alibaba Escalate AI Race With Powerful Open-Source Models