होमपेज > धरानमा प्रहरीले चलायो गोली

धरानमा प्रहरीले चलायो गोली

बिज्ञापन

लागुऔषध ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिन प्रहरीले धरानमा गोली चलाएको छ। प्रहरीले कारोबारीहरुबाट २२५ किलो गाँजा बरामद गरेको छ। कारोबारमा संलग्न एक जनालाई पक्राउ गरिएको छ।

धरान उपमहानगरपालिका–२० चिमफुले खोलामा बुधबार राति प्रहरीले गोली चलाएको हो। लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय धरान तथा अस्थायी प्रहरी पोस्ट जोरसखुवाबाट संयुक्त टोली खटिएको थियो। गाँजा बोकेर पैदल आउँदै गरेका व्यक्तिहरुलाई जाँच गर्न खोज्दा उनीहरु भागेका थिए। प्रहरीलाई देख्नासाथ विष्णुपादुकाबाट रेलवेतर्फ आउने जंगलको भित्री बाटोमा गाँजा फ्याँकेर उनीहरु भागेको सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए।

त्यसरी भागेको समूहलाई नियन्त्रणमा लिनका लागि गोली चलाउनु परेको उनको भनाइ छ। हवाईफायर गरेर धनकुटाको साँगुरीगढी गाउँपालिका–९ का ४३ वर्षीय हरिकुमार राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। गाँजा ओसारपसारमा संलग्न अरु फरार रहेकाले खोजी तीव्र पारिएको जनाइएको छ। घटनास्थलबाट प्रहरीले ९ बोरा गाँजा बरामद गरेको छ । बोराभित्र २ सय २५ किलाग्राम गाँजा रहेको एसपी तिम्सिनाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  2. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  3. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  4. १३ राजदूतका लागि ३ हजार आवेदन
  5. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  6. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  7. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  8. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  9. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  10. १० मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  11. ११ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  12. १२ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  13. १३ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  14. १४ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  15. १५ लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो