होमपेज > नेपाली बजारमा ‘वाईवाई क्विक हट एण्ड स्पाइसी नुडल्स’: टिकटक बनाउनेलाई १० हजार

नेपाली बजारमा ‘वाईवाई क्विक हट एण्ड स्पाइसी नुडल्स’: टिकटक बनाउनेलाई १० हजार

बिज्ञापन

चाउचाउ ब्रान्ड वाईवाईले नयाँ स्वादमा ‘वाईवाई क्विक हट एण्ड स्पाइसी नुडल्स’ नेपाली बजारमा ल्याएको छ । प्रतिप्याकेट ५० रुपियाँमा उपलब्ध यो चाउचाउ प्रिमियम वर्गका साथै पिरो स्वाद मन पराउने उपभोक्ताहरूलाई लक्षित गर्दै प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।

यो हट एण्ड स्पाइसी नुडल्स पनि उपभोक्ताहरूको पिरो स्वादप्रतिको रुचिलाई मध्यनजर गर्दै तयार गरिएको सीजी फुड्सले जनाएको छ । यस नयाँ उत्पादनले उपभोक्ताको अपेक्षा अनुसारको स्वाद अनुभव गराउनेछ र वाइ वाइलाई झनै लोकप्रिय बनाउन सहयोग पुग्ने कम्पनीले जनाएको छ ।

कम्पनीले ‘स्पाइसभर्स टिकटक चुनौती’ नामक प्रतिस्पर्धा पनि सुरु गरेको छ, जहाँ विशेष प्रविधिमा आधारित फिल्टर प्रयोग गरी भाग लिने सहभागीमध्ये हरेक साता सबै भन्दा धेरै लाइक प्राप्त गर्ने प्रस्तुतिलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

‘यस नुडल्सको विकास क्रममा हामीले उपभोक्ताहरूको व्यवहार, इच्छा र उनीहरूले मन पराउने अनुभवहरू बुझ्न प्रयास गर्‍यौँ । विशेषतः १५ देखि २५ वर्ष उमेर समूहका युवाहरू, जो गेम खेल्न, स्ट्रीट फेसन पछ्याउन र डिजिटल कला सिर्जना गर्न मन पराउँछन्, उनीहरूको रुचिलाई समेट्ने प्रयास गरेका छौं । प्याकेजिङ डिजाइनको परीक्षणसमेत प्रविधिमैत्री विधिमार्फत गरिएको हो,’ कम्पनीका मार्केटिङ प्रमुख श्रय कृष्ण श्रेष्ठले बताए ।

‘पिरोपनको परिभाषा व्यक्ति अनुसार फरक हुन्छ । कसैलाई एकदम तीव्र स्वाद मन पर्छ भने, कसैले सन्तुलित मसला रुचाउँछन् । हामीले यो नुडल्समा पिरो स्वादलाई सन्तुलित ढंगले प्रस्तुत गरेका छौं । हामी विश्वस्त छौं, वाइ वाइको यो नयाँ हट एण्ड स्पाइसी स्वादले नयाँ अनुभव दिनुका साथै हाम्रो ब्रान्डलाई अझ सशक्त बनाउनेछ,’ सीजी फुड्सका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार: प्रधानमन्त्री शाह
  2. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  3. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  4. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  5. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  6. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  7. अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  8. अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  9. प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  10. १० सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  11. ११ लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  12. १२ सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने
  13. १३ वाणिज्य बैंकहरूको औसत आयकर योगदान २३ अर्ब ३१ करोड रुपैयाँ
  14. १४ रोपाइँ गरिरहेका बेला पहिरो खस्दा आधा दर्जन किसान घाइते, एकको अवस्था गम्भीर
  15. १५ जानकी मन्दिर प्रवेश गर्न खोज्दा हर्क साम्पाङको विरोध, समर्थकलाई लखेटिएपछि दर्शन नगरी फर्किए