होमपेज > पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

बिज्ञापन

आज – २१ पौष २०८२ सोमवार को राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका कामहरूमा दोहोर्याएर प्रयत्न गर्नुहोला। माननीय जनहरूको सुझावलाई शिरोपर गरेर काम गर्दा लाभ मिल्नेछ। मनमा शान्ति र मुहारमा कान्ति छाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यावहारिक पक्षमा सजग रहनुहोला। सच्याउने काममा लगनशील रहदा राम्रो हुनेछ। आर्थिक समस्याको समाधान हुनेछ। अध्ययन अध्यापनमा लगाव रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा उत्साहको कमी रहनेछ। नोकरी वा पेशामा बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। विदेशतिरबाट शुभ समाचार सुन्न पाइएला। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ त्यसैले खानपानमा बिशेष ध्यान दिनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार व्यवसायमा परिस्थिति आफ्नो अनुकूल बनाउन सकिनेछ। पहिलाको सफलताले गर्दै गरेको कार्यमा थप हौसला जगाउनेछ। मनोरञ्जन वा अतिथि सत्कारमा धनको केही अंश खर्चिनु पर्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सौख पूरा गर्न सञ्चित रकम खर्च गर्नुपर्ला। नयाँ निर्णय लिनुभन्दा अघि त्यस विषयमा जानकार व्यक्तिहरूसँग सल्लाह अवश्य लिनुहोस्। दिनैभरी मनमा कुनै कुराको चिन्ता रहनेछ त्यसलाई मध्यनजरमा राख्दै संयमता पुर्वक रहनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। पुरानो कार्यलाई चटक्कै नछोडेको राम्रो होला । एउटा पक्षको कुरा सुनेर मात्रै नयाँ निर्णय लिनतर्फ नजानुहोस् साथै दुईपक्षीय कुराकानि सुन्नुमै बुद्धिमता होला। अधिकार प्राप्तिको लागि गरिएको संघर्षमा विजयी भईनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार व्यवसायमा साथीभाइको सहयोग जुट्नाले लामो समयसम्म लाभ प्राप्त गर्न सकिने समय रहेको छ। हतारमा निर्णय लिने बानीले समस्या निम्ताउँला निर्णय गर्दा सोचविचार गरेर मात्र गर्नुहोला। परिश्रमको राम्रो प्रतिफल हात लाग्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विद्यार्थीहरूको अध्ययनप्रति रुचि बढ्नुका साथै ज्ञानलाई निखार्ने समय रहेको छ। बोलिको प्रभावले आर्थिक क्रियाकलापमा सफलता प्राप्त होला। मेहेनतीहरूका लागि मेहेनतको परिणामस्वरूप सम्मानित स्थान दिलाउने योग छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आम्दानी बढ्नुका साथै काममा नयाँ अनुबन्ध सम्म गर्ने समय रहेको छ। सुन्दर पहिरनद्वारा व्यक्तित्वमा निखार आउनेछ। समस्या दर्शाउँदा साथ दिने वाला प्रशस्तै भेटिनेछन् विचार गरेर समाधानतर्फ लाग्दा उचित हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमान काम गर्ने समय रहेको छ। धार्मिक समारोहमा आफ्नो प्रतिभा वा कलाले अरुलाई प्रभावित पार्न सकिनेछ। मन प्रसन्न रहला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शत्रुहरूको चलखेलले आत्मबल घट्न सक्छ बोल्नुपुर्व एकपटक सोचेर बोल्नु राम्रो होला। रमाईलो यात्राको क्रम अगाडि बढ्नेछ। लगनशीलता र कडा परिश्रमले कार्य क्षेत्रमा सफलता हात पार्न सकिनेछ। जीवनसाथीको साथले आनन्दित भईएला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। टाढिएका साथीभाइहरू नजिकिनाले मनमा हर्ष बढ्नेछ। प्रेममा मनमुटावको समस्या आँउन सक्छ प्रेमिको भावना बुझ्ने प्रयास गर्नुहोला। तारिफयोग्य कामले अरुको मन जित्न सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  2. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  3. १३ राजदूतका लागि ३ हजार आवेदन
  4. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  5. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  6. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  7. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  8. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  9. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  10. १० अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  11. ११ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  12. १२ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  13. १३ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  14. १४ लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  15. १५ सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने