होमपेज > पोथी गैँडा मृत फेला

पोथी गैँडा मृत फेला

बिज्ञापन

नवलपुरको मध्य विन्दु–१२ मा एउटा पोथी गैँडा मृत फेला परेको छ । अन्दाजी ३-४ वर्षको पोथी गैँडा अरुण खोला दोभानमा सोमबार मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो ।

उक्त गैँडा जङ्गलमा अर्को गैँडासँग जुध्दा घाइते भएको थियो । त्यही चोटका कारण गैँडा मरेको प्रारम्भिक अनुसन्धानले देखाएको सूचना अधिकारी मगरले जानकारी दिनुभयो । उक्त गैँडाको खाग र खुर सुरक्षित रहेको जनाइएको छ ।

यो सँगै चालु आवमा मृत्यु हुने गैँडाको सङ्ख्या ७ पुगेको सूचना अधिकारी मगरले जानकारी दिए । ७ मध्य ६ वटा प्राकृतिक कारण र एउटा करेन्ट लागेर मरेको हो । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४ वटा गैँडा रहेका छन् । मगरका अनुसार तीमध्ये नवलपुर क्षेत्र अर्थात् पश्चिम सेक्टरमा चार सय ५० बढी गैँडा रहेका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  2. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  3. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  4. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  5. अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  6. अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  7. प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  8. सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  9. लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  10. १० सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने
  11. ११ वाणिज्य बैंकहरूको औसत आयकर योगदान २३ अर्ब ३१ करोड रुपैयाँ
  12. १२ रोपाइँ गरिरहेका बेला पहिरो खस्दा आधा दर्जन किसान घाइते, एकको अवस्था गम्भीर
  13. १३ जानकी मन्दिर प्रवेश गर्न खोज्दा हर्क साम्पाङको विरोध, समर्थकलाई लखेटिएपछि दर्शन नगरी फर्किए
  14. १४ सामाजिक सुरक्षा कोषमा एक खर्ब १६ अर्बभन्दा बढी रकम जम्मा
  15. १५ China’s Moonshot and Alibaba Escalate AI Race With Powerful Open-Source Models