होमपेज > प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै ओली र देउवालाई नयाँ सरकार गठनका लागि खुल्यो बाटो

प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै ओली र देउवालाई नयाँ सरकार गठनका लागि खुल्यो बाटो

बिज्ञापन

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत नपाएसँगै प्रचण्ड नेतृत्वको सरकार ढलेको हो ।

असार १७ मा कांग्रेस र एमालेबिच नयाँ समीकरण बनेसँगै एमाले सरकारबाट बाहिरिएको थियो । त्यसपछि अल्पमतमा परेका प्रचण्डले एकै कार्यकालमा शुक्रबार पाँचौँ पटक विश्वासको मत लिएका हुन् । तर, चार पटक विश्वासको मत पाउन सफल प्रधानमन्त्री यो पटक असफल बनेसँगै १८ महिना सत्ताको नेतृत्व गरेपछि प्रतिपक्षमा पुगेका छन् । प्रधानमन्त्री बनेको १८ महिनामा पाँचौँ पटक विश्वासको मत लिँदा प्रचण्ड संसद्मा आफ्नो पक्षमा बहुमत जुटाउन असफल भएका हुन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उपस्थित सांसद २५८ जना थिए । प्रचण्डले मागेको विश्वासको मतको पक्षमा ६३ मत र हुन्न भन्ने पक्षमा १९४ मत परेको सभामुख देवराज घिमिरेले बताए । उनले मत दिन्न भन्ने पक्षमा १ मत परेको बताए।

२०७९ पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका प्रचण्ड यससँगै १८ महिनामा सरकारबाट बिदा भएका छन् । यसअघि चार पटकसम्म प्रधानमन्त्रीले सदनमा विश्वासको मत पाएका थिए । एमालेको समर्थन फिर्तापछि असार २१ गते संसद्‍मा पत्राचार गर्दै प्रधानमन्त्रीले विश्वासको मतको कार्यसूची अगाडि बढाइदिन आग्रह गरेका थिए । उनी एमालेसँग गठबन्धन गरेर प्रधानमन्त्री भए थिए । पहिलो पटक प्रधानमन्त्रीले सदनमा करिब शतप्रतिशत मत पाएका थिए । २०७९ पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिँदा उनले २६८ मत पाए । उपस्थितमध्ये दुई सांसदले मात्रै विपक्षमा मतदान गरे । कांंग्रेस र एमालेसहित सबै दलले प्रधानमन्त्रीलाई विश्वास दिएका थिए ।

राष्ट्रपति निर्वाचनको समयमा एमाले र माओवादी केन्द्रको गठबन्धन भत्किएपछि प्रचण्डले दोस्रो पटक २०७९ चैत ६ मा विश्वासको मत लिनु परेको थियो । उनले दोस्रो पटक १७२ मत पाए । एक वर्षको सत्ता सहयात्रापछि कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य गरे । गठबन्धन फुटेसँगै उनले तेस्रो पटक २०८० फागुन ३० मा विश्वासको मत लिए । तेस्रो पटक उनले १५७ मत पाए । यस्तै सरकारमा सहभागी जनता समाजवादी पार्टी ९जसपा० नेपाल गत वैशाख २१ गते विभाजन भएपछि एक पक्षले समर्थन फिर्ता लियो ।

त्यसपछि प्रचण्डले २०८१ जेठ ७ गते चौथो पटक विश्वासको मत लिए । चौथो पटक पनि उनले १५७ मत पाए । पाँचौँ पटक विश्वासको मत लिँदा प्रचण्डलाई यस पटक नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा ९एकीकृत समाजवादी० को मात्रै साथ मिल्यो । जसमा माओवादीका ३२, रास्वपाका २१ र एकीकृत समाजवादीका १० सहित ६३ सांसद उनको पक्षमा उभिए । यही असार १७ गते राति नयाँ समीकरणमा जाने निर्णय गरेका ठूला दल कांग्रेस र एमाले विपक्षमा उभिए । यस्तोमा प्रधानमन्त्रीले सदनको बहुमत पुर्‍याउन आवश्यक १३८ मत ल्याउन नसक्दा सत्ताबाट बिदा भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  2. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  3. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  4. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  5. अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  6. अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  7. प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  8. सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  9. लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  10. १० सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने
  11. ११ वाणिज्य बैंकहरूको औसत आयकर योगदान २३ अर्ब ३१ करोड रुपैयाँ
  12. १२ रोपाइँ गरिरहेका बेला पहिरो खस्दा आधा दर्जन किसान घाइते, एकको अवस्था गम्भीर
  13. १३ जानकी मन्दिर प्रवेश गर्न खोज्दा हर्क साम्पाङको विरोध, समर्थकलाई लखेटिएपछि दर्शन नगरी फर्किए
  14. १४ सामाजिक सुरक्षा कोषमा एक खर्ब १६ अर्बभन्दा बढी रकम जम्मा
  15. १५ China’s Moonshot and Alibaba Escalate AI Race With Powerful Open-Source Models