होमपेज > प्रतिकूल मौसमका कारण देशभर हवाई उडान प्रभावित, त्रिभुवन विमानस्थलमा उडान ढिलाइ

प्रतिकूल मौसमका कारण देशभर हवाई उडान प्रभावित, त्रिभुवन विमानस्थलमा उडान ढिलाइ

बिज्ञापन

देशभरको मौसम प्रतिकूल बनेपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै हवाई उडानहरू प्रभावित भएका छन्। ‘भिजिबिलिटी’ अर्थात् हावामा देखिने दूरी कमजोर भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने धेरै उडानमा ढिलाइ भएको छ।

विमानस्थल स्रोतका अनुसार, अहिले अन्तर्राष्ट्रिय उडानहरू केही समयका लागि ‘होल्ड’ मा राखिएका छन् भने आन्तरिक गन्तव्यतर्फ पनि केही उडान ढिलो भइरहेका छन्। हिमाली क्षेत्रका विमानस्थलहरू, जस्तै लुक्लाको तेञ्जिङ हिलारी र हुम्लाको सिमीकोट विमानस्थलमा समेत उडान प्रभावित भएको जनाइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार, प्रतिकूल मौसमका कारण अहिले इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (IFR) अन्तर्गतका उडानमात्र सञ्चालन भइरहेका छन्। उनले भने, “केही उडान डिले भएका छन् तर रद्द गर्नुपर्ने अवस्था भने आएको छैन। निश्चित हवाई रुट भएकाले उडान चाप केही बढेको छ।”

यसैबीच, जल तथा मौसम विज्ञान विभागका अनुसार, हाल देशमा पश्चिमी वायुको प्रभाव सक्रिय रहेको छ भने अरब सागरमा बनेको न्यून चापीय प्रणालीको असर पनि परेको छ।

विभागका अनुसार, यस प्रणालीको प्रभावले गएरातिदेखि बुधबार बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने सम्भावना छ। बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा पनि आंशिक वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ।

काठमाडौं उपत्यकामा बिहानदेखि नै आकाश बदली छ र दृश्यता घटेका कारण हवाई उडानमा असर परेको विमानस्थल स्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  2. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  3. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  4. १३ राजदूतका लागि ३ हजार आवेदन
  5. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  6. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  7. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  8. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  9. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  10. १० मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  11. ११ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  12. १२ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  13. १३ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  14. १४ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  15. १५ लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो