होमपेज > भारी वर्षाले धेरै ठाउँ डुबानमा, सबै विद्यालय र कलेज बन्द

भारी वर्षाले धेरै ठाउँ डुबानमा, सबै विद्यालय र कलेज बन्द

बिज्ञापन

भारी वर्षाका कारण मुम्बइका धेरै ठाउँ डुबानमा परेको समाचार भारतीय सञ्चारमाध्यमहरुमा रहेको छ । भारतको आर्थिक राजधानी मुम्बइ र आसपासका क्षेत्रमा बुधबार भारी वर्षा भएको छ । जसका कारण तल्लो क्षेत्र डुबानमा परेका छन् । धेरै उपनगरीय क्षेत्र डुबानमा परेका  छ।

वर्षाको कारण स्थानीय ट्रेनहरू रोकिएको थियो। मुम्बई आउने कम्तिमा १४ उडानहरू डाइभर्ट गर्नुपरेको जनाइएको छ। भारतीय मौसम विभागले मुम्बई र यस आसपासका जिल्ला ठाणे, पालघर र रायगढमा बिहीबार बिहान ८:३० बजेसम्म रेड अलर्ट जारी गरेको छ। भारी वर्षाका कारण बृहन्मुम्बइ महानगरपालिकाले बिहीबार सबै विद्यालय र कलेजमा बिदा दिएको छ । मुम्बई प्रहरीले सहर र वरपरका क्षेत्रका मानिसहरूलाई सकेसम्म घरभित्रै बस्न आग्रह गरेको छ।

लगातारको वर्षाको कारण, सेप्टेम्बर २५ मा थानेको मुम्ब्रा नजिकै राती साढे ९ बजे पहिरो गएको थियो। जसका कारण उक्त क्षेत्रमा तीन घण्टाभन्दा बढी समयसम्म ट्राफिक जाम भएको थियो । मौसम विभागका अनुसार मुम्बई र आसपासका विभिन्न स्थानमा सेप्टेम्बर २७ सम्म भारी वर्षा जारी रहने अनुमान गरिएको छ।

पश्चिम मध्य र आसपासको उत्तरपश्चिम बंगालको खाडीमा आन्ध्र प्रदेश र दक्षिण ओडिशाको तटीय क्षेत्रमा बनेको न्यून चापीय क्षेत्र पश्चिम–उत्तरपश्चिमतर्फ सरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  2. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  3. १३ राजदूतका लागि ३ हजार आवेदन
  4. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  5. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  6. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  7. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  8. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  9. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  10. १० अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  11. ११ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  12. १२ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  13. १३ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  14. १४ लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  15. १५ सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने