होमपेज > मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ एनिभर्सरी बोनान्जा’ योजना सार्वजनिक: लक्की–ड्र मार्फत यसरी जित्नुहोस् उपहार !

मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ एनिभर्सरी बोनान्जा’ योजना सार्वजनिक: लक्की–ड्र मार्फत यसरी जित्नुहोस् उपहार !

बिज्ञापन

मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘मुक्तिनाथ एनिभर्सरी बोनान्जा’ योजना सार्वजनिक गरेको छ। १९औं वर्ष प्रवेश गरेको अवसरमा ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न उक्त योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ।

पहिलो योजना अनुसार बैंकको मोबाइल बैंकिङमा भएको कनेक्ट आईपीएस मार्फत रकम ट्रान्सफर गर्ने ग्राहकमध्येबाट २ जना ग्राहकलाई लक्की–ड्र मार्फत मोबाइल फोन प्रदान गरिने छ। यसैगरी एक सय रुपैयाँ वा सो भन्दा बढीको टपअप तथा डेटा प्याक लिने दैनिक १९ जना ग्राहकले लक्की–ड्र मार्फत १०० रुपैयाँको टपअप प्राप्त गर्नेछन्। यो योजना १९ पुसदेखि १९ माघसम्म लागु हुनेछ।

दोस्रो योजना अनुसार बिजुलीको बिल भुक्तानी गर्ने ग्राहकलाई लक्षित रहेको छ। यस योजनामा बैंकको मोबाइल बैंकिङ मार्फत बिजुलीको बिल भुक्तानी गर्ने १ जना ग्राहकले लक्की–ड्र मार्फत बिल भुक्तानी रकम वा अधिकतम १० हजार १२५ रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन्। तेस्रो योजना अनुसार बैंकको क्यूआर मर्चेन्ट भई कुनै पनि कारोबार क्यूआर मार्फत प्राप्त नगरेका मर्चेन्टले यस अवधिमा कारोबार संख्या ३ र २ सय रुपैयाँसम्मको कारोबार रकम क्यूआर मार्फत प्राप्त गरेमा ५ जना मर्चेन्टले लक्की–ड्र मार्फत स्मार्ट वाच प्राप्त गर्नेछन्।

त्यसैगरी भारतीय पर्यटकबाट क्यूआर मर्चेन्टमा २ सय रुपैयाँसम्मको रकम क्यूआर मार्फत प्राप्त गरेमा ५ जना मर्चेन्टले लक्की–ड्र मार्फत स्मार्ट वाच प्राप्त गर्नेछन्। यो योजना १९ पुसदेखि २५ पुससम्म लागु हुनेछ। मोबाइल बैंकिङ मार्फत अन्य बैंकमा रकम ट्रान्सफर गर्ने दैनिक १ जनालाई लक्की–ड्र मार्फत एक हजार रुपैयाँ क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ।

साथै क्यूआर मार्फत बिल भुक्तानी गर्ने ग्राहकमध्येबाट दैनिक २ जनालाई लक्की–ड्र मार्फत ५ सय रुपैयाँका दरले क्यासब्याक प्रदान गरिने छ। यो योजना १९ पुसदेखि २५ पुससम्मका लागि लागु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  2. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  3. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  4. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  5. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  6. अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  7. अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  8. प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  9. सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  10. १० लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  11. ११ सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने
  12. १२ वाणिज्य बैंकहरूको औसत आयकर योगदान २३ अर्ब ३१ करोड रुपैयाँ
  13. १३ रोपाइँ गरिरहेका बेला पहिरो खस्दा आधा दर्जन किसान घाइते, एकको अवस्था गम्भीर
  14. १४ जानकी मन्दिर प्रवेश गर्न खोज्दा हर्क साम्पाङको विरोध, समर्थकलाई लखेटिएपछि दर्शन नगरी फर्किए
  15. १५ सामाजिक सुरक्षा कोषमा एक खर्ब १६ अर्बभन्दा बढी रकम जम्मा