होमपेज > राष्ट्रिय तथ्याङ्क कार्यालयले माग्यो ४४ सय ३९ जना कर्मचारी, तलब कति ?

राष्ट्रिय तथ्याङ्क कार्यालयले माग्यो ४४ सय ३९ जना कर्मचारी, तलब कति ?

बिज्ञापन

सरकारले राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका लागि ठूलो संख्यामा जनशक्ति माग गरेको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सूचना प्रकाशित गर्दै करार सेवामा कुल ४ हजार ४ सय ३९ जना कर्मचारी भर्ना गर्ने जनाएको हो । गणनाका क्रममा स्थलगत तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षण कार्यका लागि ५ सय २६ जना सुपरिवेक्षक र ३ हजार ९ सय १३ जना गणक आवश्यक पर्ने कार्यालयले जनाएको छ ।

सूचनाअनुसार सुपरिवेक्षक पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण हुनुपर्नेछ भने गणक पदका लागि १०+२ वा प्रमाणपत्र तह उत्तीर्ण नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

यो रोजगारी साढे दुई महिनाको करार अवधिका लागि हुनेछ । पारिश्रमिकतर्फ सुपरिवेक्षकले मासिक ३४ हजार ७३० रुपैयाँ र गणकले मासिक ३२ हजार ९०२ रुपैयाँ पाउनेछन् ।

योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र अनलाइनमार्फत दरखास्त दिनुपर्नेछ । आवेदकको छनोट सर्टलिस्ट र अन्तर्वार्ताका आधारमा गरिने राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

आवेदन राष्ट्रिय तथ्याङ्क कार्यालयको आधिकारिक वेबसाइटमार्फत वा सूचनामा उल्लेख गरिएको क्यूआर कोड स्क्यान गरी गर्न सकिने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  2. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  3. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  4. १३ राजदूतका लागि ३ हजार आवेदन
  5. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  6. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  7. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  8. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  9. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  10. १० मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  11. ११ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  12. १२ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  13. १३ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  14. १४ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  15. १५ लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो