होमपेज > लिखित र ट्रायल बिनै लाईसेन्स लिने अख्तियारका पूर्वकर्मचारी पक्राउ

लिखित र ट्रायल बिनै लाईसेन्स लिने अख्तियारका पूर्वकर्मचारी पक्राउ

बिज्ञापन

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले यातायात व्यवस्था विभागका एक जना पूर्वकर्मचारीलाई पक्राउ गरेको छ ।यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा सिआइबीले पूर्वकर्मचारी सुरज प्रकाश अर्याललाई पक्राउ गरेको हो ।

लिखित र ट्रायल बिनै प्रणाालीभित्र छिरेर सर्वसाधारणको डाटामा खेली फर्जी लाईसेन्स जारी गरेको प्रकरणमा सिआईबीले विभागका पूर्व करारका कर्मचारी हरिश भट्टलाई पक्राउ गरेको थियो । शनिबार पक्राउ परेका भट्ट यातायात व्यवस्था विभागका करारका इञ्जिनियर हुन् ।

विभागमा ३ वर्ष कार्यरत रहेका अर्याल गतवर्ष सरुवा भएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेका थिए । त्यहाँबाट केही समयअघि मात्र उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरुवा भएका थिए । हाल अर्याल अख्तियारमा कार्यरत् छन् । लाइसेन्स वितरणमा अनियमितताको उजुरी पाउनासाथ यातायात व्यवस्था विभागले सूचना प्रविधि निर्देशक मुकेश रेग्मीको संयोजकत्वमा समिति बनाएको थियो ।

विभागको छानबिनले एक लाखभन्दा बढी फर्जी लाइसेन्स जारी भएको तथ्य सार्वजनिक गरेको थियो। त्यसैमाथि किर्तेमा अनुसन्धान गर्न सिआइबीलाई विभागले पत्राचार गरेको थियो। लामो समयपछि सिआइबीले आरोपितलाई पक्राउ गर्ने तहमा पुगेको हो। यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  2. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  3. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  4. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  5. अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  6. अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  7. प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  8. सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  9. लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  10. १० सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने
  11. ११ वाणिज्य बैंकहरूको औसत आयकर योगदान २३ अर्ब ३१ करोड रुपैयाँ
  12. १२ रोपाइँ गरिरहेका बेला पहिरो खस्दा आधा दर्जन किसान घाइते, एकको अवस्था गम्भीर
  13. १३ जानकी मन्दिर प्रवेश गर्न खोज्दा हर्क साम्पाङको विरोध, समर्थकलाई लखेटिएपछि दर्शन नगरी फर्किए
  14. १४ सामाजिक सुरक्षा कोषमा एक खर्ब १६ अर्बभन्दा बढी रकम जम्मा
  15. १५ China’s Moonshot and Alibaba Escalate AI Race With Powerful Open-Source Models