होमपेज > वर्षा गराउने प्रणाली उत्तर पूर्व सर्दै, सतर्कता अपनाउन महाशाखाको आग्रह

वर्षा गराउने प्रणाली उत्तर पूर्व सर्दै, सतर्कता अपनाउन महाशाखाको आग्रह

बिज्ञापन

जल तथा मौसम पूर्वानुमान महाशाखाले वर्षा गराउने प्रणाली उत्तर पूर्व सर्दै गरेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

हाल बागमती प्रदेश, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षा भइरहेको छ । उक्त वर्षा गराउने प्रणाली उत्तर पूर्व सर्दै गएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो । प्रि मनसुनका समयमा खास गरी हावाहुरीका कारण घरहरू भत्किने, रुखहरू ढल्ने र चट्याङ पर्नेजस्ता घटना हुने भएकाले सजकता अपनाउन महाशाखाले सुझाएको हो ।

नेपालमा चट्याङ लागेर बर्सेनि धेरैको मृत्यु हुने गरेको छ । विगत एक वर्षमा चट्याङबाट ७८ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्षको वैशाख १ गतेदेखि चैत्र २९ गतेसम्म देशभर ४१८ वटा चट्याङको घटना भएको छ । यो घट्नाबाट ७८ जनाको मृत्यु र ३०९ जना घाइते भएका छन् ।

नेपालमा खास गरी प्रि मनसुनको समयमा चट्याङ पर्ने गर्दछ । मार्च,अप्रिल र मे महिना अर्थात् मध्ये फागुनदेखि मध्ये जेष्ठ महिनासम्म चट्याङ पर्ने सिजन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार: प्रधानमन्त्री शाह
  2. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  3. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  4. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  5. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  6. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  7. अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  8. अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  9. प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  10. १० सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  11. ११ लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  12. १२ सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने
  13. १३ वाणिज्य बैंकहरूको औसत आयकर योगदान २३ अर्ब ३१ करोड रुपैयाँ
  14. १४ रोपाइँ गरिरहेका बेला पहिरो खस्दा आधा दर्जन किसान घाइते, एकको अवस्था गम्भीर
  15. १५ जानकी मन्दिर प्रवेश गर्न खोज्दा हर्क साम्पाङको विरोध, समर्थकलाई लखेटिएपछि दर्शन नगरी फर्किए