होमपेज > वेबसाइट ह्याक हुँदा पाँच महिनाको तथ्याङ्क गायब

वेबसाइट ह्याक हुँदा पाँच महिनाको तथ्याङ्क गायब

बिज्ञापन

वेबसाइट ह्याक हुँदा राष्ट्रिय सतर्कता केन्द्रको वेबसाइटबाट पाँच महिनाको तथ्याङ्क गायब भएको पाइएको छ । अनलाइनमार्फत सम्पत्ति विवरण दर्ता गर्ने केन्द्रको प्रणाली ह्याक हुँदा केही तथ्याङ्क गुमेको हो ।

एक महिनाअघि केन्द्रको सम्पत्ति विवरण तथा अनुगमन शाखाको वेबसाइट ह्याक भएको थियो । त्यसपछि ह्याकरले वेबसाइटमार्फत अनलाइन ग्याम्बलिङरबेटिङ साइटको प्रचार गरेका थिए । त्यसमा भएका टेक्स्ट धेरैजसो इन्डोनेसियाली भाषामा लेखिएको थियो । केन्द्रले आर्थिक वर्ष २०८०/८१ को सम्पत्ति विवरण अनलाइनमार्फत आफूलाई जानकारी दिन १ साउनमा नै सार्वजनिक सूचना निकालेको थियो । जसको अन्तिम मिति यही २८ भदौसम्म रहेको छ ।

वेबसाइटमा प्रविष्ट गरिएका संवेदनशील सूचना हराउँदा एउटै काम दोहोर्‍याएर गर्नु परेको केन्द्रका सूचना अधिकारी हरि प्रसाद शर्माले बताए । “हामीले गत आर्थिक वर्षको तथ्याङ्क सार्वजनिक गरिसकेका छौं । त्यसमा समस्या भएन । तर चालु आर्थिक वर्षको तथ्याङ्क रिकभर गर्न सकिएन,” टेकपानासँग उनले भने, “क(कसले कति भरेका थिए, यकिन भएन । अब २८ गतेसम्म सम्बन्धित कर्मचारीले बुझाउने समय छ । हामीले उहाँहरूलाई पुनस् विवरण प्रविष्ट गर्न अनुरोध गरेका छौं ।”

उनका अनुसार ‘नट सिक्योर’ देखाइरहेको वेबसाइट निकै जोखिम हुन्छन् । यस्ता वेबसाइटले इन्पुट गरिएको डेटालाई इन्क्रिप्ट नगर्ने हुँदा अन्य तेस्रो पक्षले सजिलै डेटामा पहुँच पाउन सक्ने उनको भनाइ छ । केन्द्रका सूचना अधिकारी शर्माले भने वेबसाइट चलिरहेको र यस समस्यालाई पनि समाधान गर्न काम भइरहेको कुरा दोहोर्‍याए । अहिले केन्द्रले वैशाख, २०८१ सालदेखि प्रविष्ट भएका तथ्याङ्कहरू प्रणालीबाट हराए‌काले पुनस् प्रविष्ट गर्न अनुरोध गरेको छ ।

त्यस्तै २०७६ सालदेखि युजरनेम र पासवर्ड लिएका मन्त्रालय र निकायहरूको पुनस् युजरनेम तथा पासवर्ड नयाँ बनाउनु पर्ने भएकाले कार्यालय प्रमुखको हस्ताक्षर भएको पत्र स्क्यान गरी मेल पठाउन पनि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार: प्रधानमन्त्री शाह
  2. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  3. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  4. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  5. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  6. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  7. अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  8. अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  9. प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  10. १० सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  11. ११ लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  12. १२ सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने
  13. १३ वाणिज्य बैंकहरूको औसत आयकर योगदान २३ अर्ब ३१ करोड रुपैयाँ
  14. १४ रोपाइँ गरिरहेका बेला पहिरो खस्दा आधा दर्जन किसान घाइते, एकको अवस्था गम्भीर
  15. १५ जानकी मन्दिर प्रवेश गर्न खोज्दा हर्क साम्पाङको विरोध, समर्थकलाई लखेटिएपछि दर्शन नगरी फर्किए