होमपेज > सरकारले भात–रोटी खान्छ, घुस खाँदैन: प्रधानमन्त्री ओली

सरकारले भात–रोटी खान्छ, घुस खाँदैन: प्रधानमन्त्री ओली

बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट राज्य शक्तिको दुरुपयोग गरेर निर्दोषितामा दोषी करार गर्ने प्रयास कदापि नहुने बताएका छन् ।

सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौँको भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले सरकारले प्रहरीको काम, कारबाहीमा कुनै हस्तक्षेप नगरी बरु प्रोत्साहन गर्ने भन्दै सरकारले कुनै पनि किसिमको शक्तिको दुरुपयोग गर्ने काम नगर्ने बताएका हुन् ।

उनले भने,‘अहिलेको सरकारले फलानो अपराधी हो, तर नसमाऊ भनेर आदेश दिँदैन । अहिलेको सरकारले कसैलाई फसाऔँ भनेर आदेश दिँदैन । ढुक्कले काम गर्नुहोस् । निर्दोष मान्छेलाई फसाउनु राज्य शक्तिको दुरुपयोग गरेर निर्दोषितामा दोषी करार गर्ने प्रयास हुँदैन । ढुक्कले काम गर्नुहोस् । अब प्रहरीलाई प्रोत्साहित पनि गर्छौँ । औचित्यको आधारमा सरुवा गरिने छ । सरकारले भात–रोटी खान्छ, घुस खाँदैन पैसा खाँदैन तपाईँहरू स्पष्ट हुनुहोस् ।’ उनले अपराध हुनै नदिने कुरालाई छानबिन अनुसन्धानभन्दा कम महत्त्व दिन नहुने भन्दै अब पुरानो शैलीमा अपराध नियन्त्रण गर्न नसकिने बताए ।

उनले भने,‘हामीले अपराध हुनै नदिने कुरालाई छानबिन अनुसन्धानभन्दा कम महत्त्व दिनुहुँदैन । म तपाईँहरूले सुझाव दिन चाहन्छु । पुरानो घुमुवाको तरिकाबाट कुनै पनि उपलब्धि हुनेवाला छैन । पुरानो घुमुवाको तरिकाबाट होइन यसलाई नयाँ तरिकाले विकास गर्नुपर्छ । अब स्रोत, साधनले सम्पन्न बनाएर तपाईँहरूको अनुसन्धानभन्दा अगाडिको अनुसन्धान गर्नुपर्छ । अपराध कसैले गराउन खोजेको छ भने पहिल्यै पत्ता लगाउने र नियन्त्रण गर्ने अनुसन्धान धेरै महत्त्वपूर्ण छ । यसो भयो भने अपराधीको मानसिकता फैलिँदैन । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  2. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  3. १३ राजदूतका लागि ३ हजार आवेदन
  4. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  5. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  6. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  7. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  8. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  9. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  10. १० अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  11. ११ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  12. १२ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  13. १३ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  14. १४ लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  15. १५ सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने