होमपेज > सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको ‘क्लबअचिभर्स इभेन्ट २०८१’ (तस्विरहरु)

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको ‘क्लबअचिभर्स इभेन्ट २०८१’ (तस्विरहरु)

बिज्ञापन

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले क्लबअचिभर्स इभेन्ट २०८१ सम्पन्न गरेको छ । द सोल्टी काठमाण्डौमा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरि रहेका शाखा तथा उप–शाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल अभिकर्ताहरूलाई लक्षित गरिएको थियो ।

कार्यक्रममा कम्पनीको तर्फबाट अध्यक्ष रतनलाल केडिया, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेलगायत उच्च व्यवस्थापन समूहको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्षले कम्पनीको निमन्त्रणालाई स्वीकार गरि देशका विभिन्न ठाउँहरुबाट आएका क्लबको सदस्यता प्राप्त गर्न सफल अभिकर्तालाई स्वागत गरेका थिए ।

कार्यक्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सबै क्लब सदस्यहरू प्रतिआभार प्रकट गर्दै कम्पनीको मेरुदण्डका रूपमा रहेका अभिकर्ताहरूलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू भविष्यमा पनि ल्याउने बताए । कम्पनीका डेपुटी सीईओ निराजन कंडेलले सफल अभिकर्ता बन्नको लागि चाहिने सीपहरु लगायतका विषयहरूमा आफ्नो धारणा राखेका थिए ।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ को अभिकर्ता प्रोत्साहन योजनाअन्तर्गत गोधुली क्लब, पृथ्वी क्लब, अग्नि क्लब र आकाश क्लब योजनाहरू प्रस्तुत गरेको थियो । क्लबमा सहभागी हुन वैयक्तिक कोड र टिम व्यवसायमा संकलन गर्नुपर्ने न्यूनतम रकमको सीमा तोकिएको थियो । उक्त सीमाको लक्ष्य हासिल गर्न सफल अभिकर्ताहरू क्लबमा सहभागी हुन सफल भएका थिए । सबै क्लबका सहभागीलाई कम्पनीले सम्मान प्रदान गरेको थियो ।

२००२ का मिस नेपाल माल्भिका सुब्बा कार्यक्रम सञ्चालिका रहेकी थिइन् भने हास्य कलाकार जितु नेपाल र नेपाल आइडल सिजन पाँचका विजेता करन परियारले आफ्ना प्रस्तुतिहरू पस्किँदै कार्यक्रमको माहोलमा रौनक थपेका थिए । कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउनका लागि बीचबीचमा नृत्यको कार्यक्रम पनि समावेश गरिएको थियो ।

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको फेसबुक पेज बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार: प्रधानमन्त्री शाह
  2. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  3. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  4. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  5. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  6. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  7. अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  8. अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  9. प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  10. १० सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  11. ११ लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  12. १२ सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने
  13. १३ वाणिज्य बैंकहरूको औसत आयकर योगदान २३ अर्ब ३१ करोड रुपैयाँ
  14. १४ रोपाइँ गरिरहेका बेला पहिरो खस्दा आधा दर्जन किसान घाइते, एकको अवस्था गम्भीर
  15. १५ जानकी मन्दिर प्रवेश गर्न खोज्दा हर्क साम्पाङको विरोध, समर्थकलाई लखेटिएपछि दर्शन नगरी फर्किए