होमपेज > सिटीटेकले ‘फिनपस मिनी’ सार्वजनिक गर्‍यो, डिजिटल भुक्तानीमा नयाँ अध्याय

सिटीटेकले ‘फिनपस मिनी’ सार्वजनिक गर्‍यो, डिजिटल भुक्तानीमा नयाँ अध्याय

बिज्ञापन

सिटीटेक ग्रुप प्रालिले नेपालकै सबैभन्दा पर्खाइ गरिएको सानो र सहज डिजिटल भुक्तानी उपकरण ‘फिनपस मिनी’ सार्वजनिक गरेको छ। कम्पनीले उक्त उपकरणलाई ललितपुरस्थित हेरिटेज गार्डेनमा सम्पन्न नास-आटी एक्स्पो २०२५ का अवसरमा औपचारिक रूपमा प्रस्तुत गरेको हो। ‘फिनपस मिनी’ एक अत्याधुनिक डिजिटल भुक्तानी साधन हो, जसले कार्ड र क्युआर दुवै माध्यमबाट कारोबार गर्न सकिने सुविधा प्रदान गर्छ। यसले भिसा, मास्टरकार्ड, युपिआइ, नेपालपे लगायतका कार्ड योजनासँगै नेपालपे क्युआर, फोनपे, स्मार्टक्युआर जस्ता प्रणालीहरूलाई पनि सपोर्ट गर्दछ।

साना व्यवसायका लागि सहज भुक्तानी समाधान
आकर्षक डिजाइन र प्रयोगमा सहजता भएको यो सानो उपकरणले ग्राहक र व्यवसायी दुवैका लागि द्रुत, सुरक्षित र विश्वसनीय भुक्तानी अनुभव सुनिश्चित गर्ने कम्पनीले जनाएको छ। फिनपस मिनी विशेषगरी डेलिभरी सेवा, यातायात व्यवसायी, साना र ठूला खुद्रा व्यवसायीहरूका लागि उपयोगी हुने बताइएको छ।

चार बैंकसँग सहकार्यको सुरुवात
कार्यक्रमका क्रममा ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकले सिटीटेकसँग ‘लेटर अफ इन्टेन्ट’ हस्ताक्षर गर्दै फिनपस मिनीलाई आफ्ना भुक्तानी प्रणालीमा समावेश गर्ने इच्छा प्रकट गरेका छन्। सिटीटेकको ब्रान्ड ‘फिनपस’ हाल देशभरका १२ वटा बैंकहरूमा पिओएस सेवा प्रदान गर्दै १० हजारभन्दा बढी व्यवसायीहरूलाई सेवा दिइरहेको कम्पनीले जनाएको छ।

फिनपस मिनी हाम्रो प्रतिबद्धताको प्रतीक हो:  सिटीटेक सीईओ शर्मा
सिटीटेक ग्रुपका प्रमुख कार्यकारी अधिकृत सजन शर्माले फिनपस मिनीलाई नेपालमा डिजिटल भुक्तानी सुलभ बनाउने दिशामा माइलस्टोनका रूपमा चित्रित गरे। उनले भने, “फिनपस मिनी केवल एउटा उत्पादन होइन, यो नेपालमा डिजिटल भुक्तानीलाई सबैको पहुँचमा पुर्‍याउने हाम्रो प्रतिबद्धताको प्रतीक हो। हामी देशका हरेक कुनामा रहेका व्यापारीहरूलाई सहज, सुरक्षित र सस्तो प्रविधिबाट डिजिटल भुक्तानीको अवसर दिन चाहन्छौं।”

फिनपस मिनीको शुभारम्भसँगै सिटीटेकले बैंकहरूका लागि एकीकृत, किफायती र प्रतिस्पर्धी अक्वायरिङ समाधान प्रदान गर्ने नयाँ अध्याय सुरु गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार: प्रधानमन्त्री शाह
  2. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  3. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  4. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  5. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  6. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  7. अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  8. अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  9. प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  10. १० सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  11. ११ लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  12. १२ सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने
  13. १३ वाणिज्य बैंकहरूको औसत आयकर योगदान २३ अर्ब ३१ करोड रुपैयाँ
  14. १४ रोपाइँ गरिरहेका बेला पहिरो खस्दा आधा दर्जन किसान घाइते, एकको अवस्था गम्भीर
  15. १५ जानकी मन्दिर प्रवेश गर्न खोज्दा हर्क साम्पाङको विरोध, समर्थकलाई लखेटिएपछि दर्शन नगरी फर्किए