नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।
निरन्तर बढीरहेको सुन आज भने तोलामा ८ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै,आज चाँदी पनि तोलामा १ हजार ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

