होमपेज > ३२.९७ प्रतिशतले घट्यो नेपाल टेलिकमको नाफा

३२.९७ प्रतिशतले घट्यो नेपाल टेलिकमको नाफा

बिज्ञापन

नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले चालु आर्थिक वर्षको पुस मसान्तसम्म २ अर्ब ६३ करोड ५१ लाख २१ हजार रुपैयाँ नाफा कमाएको छ।

जुन गत आवको सोही अवधिको तुलनामा ३२.९७ प्रतिशतले कम हो। गत आवको सोही अवधिमा ३ अर्ब ९३ करोड १४ लाख ४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। यो अवधिमा कम्पनीको सञ्चालन १७ अर्ब ४९ लाख रुपैयाँ कायम भएको छ। गत आवको सोही अवधिमा १७ अर्ब २४ करोड ६७ लाख ८० हजार रुपैयाँ रहेको थियो।

यस्तै वित्तीय आम्दानी ३ अर्ब ६१ करोड ६१ लाख ५५ हजार रुपैयाँबाट घटेर २ अर्ब ३० करोड ३४ लाख १६ हजार रुपैयाँ रहेको छ। जसको असर कम्पनीको नाफामा देखिएको छ।

अन्य श्रोतबाट हुने आम्दानी भने २१ करोड ९ लाख २६ हजारबाट बढेर ४४ करोड ६५ लाख रुपैयाँ पुगेको छ। १८ अर्ब चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भ कोषमा ७३ अर्ब १४ करोड रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी २९.२८ रुपैयाँ रहेको छ। गत आवको सोही अवधिमा ४३ रुपैयाँ ६८ पैसा थियो। प्रतिशेयर नेटवर्थ ५०६.३४ रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  2. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  3. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  4. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  5. अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  6. अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  7. प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  8. सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  9. लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  10. १० सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने
  11. ११ वाणिज्य बैंकहरूको औसत आयकर योगदान २३ अर्ब ३१ करोड रुपैयाँ
  12. १२ रोपाइँ गरिरहेका बेला पहिरो खस्दा आधा दर्जन किसान घाइते, एकको अवस्था गम्भीर
  13. १३ जानकी मन्दिर प्रवेश गर्न खोज्दा हर्क साम्पाङको विरोध, समर्थकलाई लखेटिएपछि दर्शन नगरी फर्किए
  14. १४ सामाजिक सुरक्षा कोषमा एक खर्ब १६ अर्बभन्दा बढी रकम जम्मा
  15. १५ China’s Moonshot and Alibaba Escalate AI Race With Powerful Open-Source Models