होमपेज > ४३ जना यात्रुवाहक विमान दुर्घटना

४३ जना यात्रुवाहक विमान दुर्घटना

बिज्ञापन

रुसको सुदूर पूर्वी क्षेत्र अमुरमाको दुर्गम ठाउँमा यात्रुवाहक विमान दुर्घटना भएको छ । पाँच बालबालिकासहित ४३ यात्रु र ६ चालक दलका सदस्य गरी ४९ जना सवार अङ्गारा एअरलाइन्सको एएन–ट्वान्टी फोर विमान दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

ब्लागोभेश्चेन्स्क शहरबाट टिन्डा शहरतर्फ जाँदै गरेको विमान स्थानीय समय अनुसार आज दिउँसो १ बजे राडारबाट सम्पर्कविहीन भएको थियो । पछि एउटा उद्धार हेलिकप्टरले टिन्डाबाट झन्डै १६ किलोमिटर टाढाको जङ्गल भएको क्षेत्रमा जलिरहेको विमान देखेको खबरमा उल्लेख छ । रुसी अनुसन्धानकर्ताहरूले प्रकाशित गरेको भिडियोहरूमा घना, जङ्गली क्षेत्रमा विमानको भग्नावशेषबाट धूवाँको मुस्लो उडिरहेको देखिएको छ । हेलिकप्टरमा रहेका उद्धारकर्ताहरूले कुनै बाँचेकाको प्रमाण नदेखेको बताएका छन् ।

टिन्डा विमानस्थलमा दोस्रो पटक पुग्ने प्रयास गर्दा विमान दुर्घटना भएको रुसको सुदूर पूर्वी यातायात अभियोजकको कार्यालयले जनाएको छ । एन्टोनोभ–ट्वान्टी फोर एक लोकप्रिय, सोभियत–डिजाइन गरिएको दुई प्रोपेलर विमान हो । यसले पहिलो पटक सन् १९५९ मा सेवा शुरू गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  2. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  3. १३ राजदूतका लागि ३ हजार आवेदन
  4. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  5. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  6. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  7. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  8. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  9. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  10. १० अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  11. ११ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  12. १२ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  13. १३ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  14. १४ लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  15. १५ सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने