
सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा गणेश पोखरेल पुन: नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको आज बुधबारको बैठकले उनलाई थप चार बर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
मर्जरका लागि उपयुक्त पार्टनरको खोजीमा रहेको सिटिजन्समा पोखरेलको थप कार्यकालमा बैंकले थप प्रगति हासिल गर्ने अपेक्षा सञ्चालक समितिले गरेको छ ।