२०८१ चैत्र ११ सोमबार

राष्ट्रिय बीमा संस्थानमा काम गर्न इच्छुक कर्मचारीहरुका लागि जागिर खुलेको छ । संस्थानले आज एक सूचना प्रकाशित गरी करार सेवाका कर्मचारीहरुको माग गरेको हो ।

चार्टर्ड एकाउन्टेन्ट दुईजना, सेमीक्वालिफाइड चारजना, कम्प्युटर अधिकृत एकजना, कानून अधिकृत एकजना र एक्चुरी दुइजना गरी संस्थानले १० जना कर्मचारीहरु माग गरेको छ ।

योग्यता पुगेका नेपाली नागरिकले आफूले प्राप्त गरेको शैक्षिक योग्यता, कार्य अनुभव र नेपाली नागरिकताको प्रतिलिपिसहित १५ दिनभित्र आवेदन दिन सक्ने संस्थानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर