
फागुन ५ गते उद्योगी व्यवसायीहरुका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरु विरुद्ध संयुक्त सडक आन्दोलन घोषणा गरेका छन् । संघर्ष समितिका संयोजक नरेश कटुवालले फागुन ५ गते उद्योगी व्यवसायीहरुका छाता संगठनका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरु विरुद्ध वृहत संयुक्त सडक आन्दोलन गर्ने घोषणा गरेको बताए । व्यवसायीहरुले पछिल्लो समय बैंकहरुले बढाएको चर्को ब्याजदर बिरुद्ध आन्दोलन गर्ने बाध्य भएको बताएका छन् ।
सयुक्त मुल संघर्ष समितिका संयोजक कटुवालले उद्योगी व्यवसायीहरुमा रहेको सिण्डिकेटका अन्त्य र बैंकको ज्यादती विरुद्ध सडक आन्दोलन घोषणा गर्न लागेको बताए । समितिले लामो समयदेखि उद्योगी व्यवसायीहरुले उठाउँदै आएका माग सम्बोधन गर्न सरकार उदासिन देखिएकाले सडक आन्दोलनमार्फत आफ्ना मागहरु राख्न बाध्य हुनुपरेको जनाएको छ । संयुक्त मुल संघर्ष समितिका संयोजक नरेश कटुवालले उद्योगी व्यवसायीहरुको मागको सुनुवाई सरकारले नगरेकाले व्यवसायीहरुले पुनः सडक आन्दोलनमा जान बाध्य भएको बताए ।
संघर्ष समितिका संयोजक कटुवालले उद्योगी व्यवसायीहरुको लागि सरकार,राजनीतिक दल वा दलका नेताहरु कोही पनि जिम्मेवार नभएकाले ९ वटा महासंघ र ३८ वटा संघहरुले संयुक्त सडक आन्दोलन गर्न बाध्य भएको उल्लेख गरे । उनले पछिल्लो कोभिड महामारी लगायतका कारण नेपालका उद्योगधन्दा चल्न नसकेको अवस्थामा सरकारले व्यवसायीहरुका कुनैपनि माग सम्बोधन नगरेको आरोप लगाए । उनले उद्योग र व्यापारमा रहेको सिण्डिकेटको अन्त्य सबै उद्योगी व्यवसायीहरुको पहुँच सहितको बैंकहरुको ज्यादतीबिरुद्ध थप आन्दोलनका घोषणा गरिएको बताए ।
उनले फागुन ५ गते वृहत -यालीसहित सडक आन्दोलनमा सम्पूर्ण उद्योगी व्यापारीहरु उक्रने बताए । उनल सम्पूर्ण मुलुक भरमा रहेका उद्योगी,व्यापारी व्यवसायी सम्बन्धित सबै ऋणीहरुलाई आन्दोलनमा सहभागि हुन आग्रह पनि गरे । उनले बैंकहरुले देखाएको दादागिरीको अन्त्य र निश्चित उद्योगी व्यवसायीहरुको सिण्डिकेटको बिरुद्ध एक पटक एक भएर बाहिर आएको स्पष्ट पारे । उनले सडक आन्दोलन शान्तिपूर्ण हुने बताए । उनले फागुन ५ गतेको सडक आन्दोलन कुनै सत्ता प्राप्ति वा नेता बन्नको लागि नभई व्यवसायी र व्यापारीहरुको हीतको लागि गर्न लागेको बताए ।
उनले भने,‘उद्योगी व्यवसायीहरुको मागको सुनुवाई सरकारले नगरेकाले व्यवसायीहरुले पुनः सडक आन्दोलनमा जान बाध्य भएका छौं । यसअधि नेपाल राष्ट्रिय व्यवसायी महासंघ एक्लैले सडक आन्दोलन गरेका थियौं । तर अहिले ९ वटा व्यवसायिक महासंघहरु र ३८ वटा व्यवसायिक संघ संगठनहरुको संयुक्त रुपमा वृहत सडक आन्दोलन गर्ने घोषणा गरेका छौं । उद्योगी व्यवसायीहरुको लागि सरकार,राजनीतिक दल वा दलका नेताहरु रहेका छन् । जिम्मेवार कोही पनि भएन । पछिल्लो कोभिड महामारी लगायतका कारण नेपालका उद्योगधन्दा चल्न सकेका थिएनन् । यस्तो बेलामा पनि उद्योगी व्यवसायीहरुको लागि कोही उत्तर दाही भएनन् । सरकारले निश्चित उद्योगी व्यापारी लिएर छलफल ग¥यो । उद्योग र व्यापारमा रहेको सिण्डिकेटको अन्त्य सबै उद्योगी व्यवसायीहरुको पुँहच सहितको बैंकहरुको ज्यादतीबिरुद्ध थप आन्दोलनको कार्यक्रमहरु घोषणा गरेका छौं । हामीले फागुण ५ गते वृहत र्यालीसहित सडक आन्दोलनमा उत्रने घोषणा गरेका छौं । सम्पूर्ण मुलुक भरमा रहेका उद्योगी,व्यापारी व्यवसायी सम्बन्धित सबै ऋणीहरुलाई आन्दोलनमा सहभागि हुन आग्रह छ । बैंकहरुले देखाएरको दादागिरीको अन्त्य र निश्चित उद्योगी व्यवसायीहरुको सिण्डिकेटको बिरुद्ध एक पटक एक भएर बाहिर आउनु थालेका छौं । सडक आन्दोलन शान्तिपूर्ण ढङ्गले सबै क्षेत्रका व्यवसायीहरुले सरकारसँँग सडकबाट माग राख्नेछन् ।’
उनले फागुन ५ गतेपछि पनि सरकारले व्यवसायीहरुको माग सम्बोधन नगरेर थप आन्दोलनका कार्यक्रमहरु गर्दै जाने बताए । उनले फागुन ५ गतेपछि पहिलो चरणमा सम्पूर्ण उद्योगी व्यवसायीहरुले बैंकिङ कारोबार बन्द गराउने बताए । उनले त्यसपछि पनि राज्यले उद्योगी व्यवसायीहरुको माग सम्बोधन नगरे सबै व्यवसायको तालाचाँवी सरकारलाई बुझाउने चेतावनी दिए । उनले सरकारलाई चाबी बुझाएरपछि विदश काम गर्न जान भिसा माग्ने बताए । उनले नेपालका उद्योग व्यापार गरेर गरिखाने अवस्था नभएको भन्दै बैंकहरुले सबैलाई सुकुम्वासी बनाउने अवस्था आएको बताए ।
उनले भने,‘ फागुन ५ गतेपछि पनि व्यवसायीहरुका मागहरु सुनुवाईहरु भएनन् भने थप आन्दोलन गर्छौं । जसमा फागुन पाँच गतेपछि सबै व्यवसायीहरुले बैंकिङ कारोबार बन्द गर्छौं । उद्योग र व्यवसायमा भएका सम्पूर्ण तालाचाबी नेपाल सरकारलाई बुझाउँछौं । त्यसपछि हामी फुकुवा हुन्छौं र सरकारलाई राहदानी दिनुपर्छ । हामीलाई विदेशमा कामदारको रुपमा जानको लागि भिसा मिलाइए दिए हुन्छ । नेपालका उद्योग व्यापार गरेर गरिखाने अवस्था बनेन । बैंकहरुले सबैलाई सुकुम्वासी बनाउने अवस्था रहेको छ ।’
संयुक्त आन्दोलनमा नेपाल राष्ट्रिय व्यवसायी महासंघ,नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ,ढुवानी व्यवसायी महासंघ,ग्रिल तथा स्टिल व्यवसायी महासंघ,कपडा तथा सिलाई व्यवसायी महासंघ,होटल व्यवसायी महासंघ र मोबाइल व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रिय महासंघले साथ दिएको छ । भने महासंघमा आवद्ध ३८ वटा संघहरुले आन्दोलनमा सहभागिता जनाउने भएका छन् ।