
कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् । शनिबार दिन पारेर बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सीईओ नियुक्त गरेको हो ।
उनी सिभिल बैंंकको पूर्वसीइओ हुन् । गुरुङसहित तीन जनाको नाम सीईओ नियुक्तिका लागि छनोट समितिले सञ्चालक समितिमा पेश गरेको थियो । समितिले गुरुङलाई रोजेको हो । महाशिवरात्री तथा शनिबारको सार्वजनिक विदाको दिन हतार हतार सीईओ नियुक्तिको निर्णय गर्नु अर्थपूर्ण देखिन्छ ।
बैंकिङ क्षेत्रमा करिब साढे दुई दशकको अनुभव संगालेका गुरुङले हिमालयन बैंकबाट आफ्नो करियर सुरु गरेका छन् । नेपाल कमर्स क्याम्पसबाट एमबीए उत्तीर्ण गरेका उनले ग्लोबल आईएमई, मेगा, सिभिलमा काम गरेको अनुभव छ ।
कृषि विकास बैंकको सीइओका लागि २२ जना इच्छुक रहेकोमा छनौट समितिले बैंकका निमित्त सीईओ प्रताप सुवेदी, सोही बैंकका नायव महाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, नेपाल एसबिआई बैंकका विष्णुदेव यादव र राष्ट्रिय सहकारी बैंकका बैंकका सीईओ बद्रि गुरागाईंको नाम अन्तिम पाँच जनामा छनौट गरेको थियो । तर सबैलाई जिल्लाउँदै गुरुङले चार बर्षका लागि सीईओ बन्न सफल भएका हुन् ।