२०८२ जेष्ठ ३ शनिबार

लामो समयपछि हिजो (बुधबार) बढेको शेयर बजार आज (बिहीबार) भने उच्च अंकले घटेको छ । आज शेयर बजार परिसूचक नेप्से ५७ दशमलव ७४ अङ्कले घटेर २ हजार २२ दशमलव ६४ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा लघुवित्त समूहको शेयर ४१२ अंकले घटेको छ । पछिल्लो केही समयदेखि लघुवित्तका कारण ऋणीहरू समस्यामा परेका खबरहरू आइरहेका थिए ।

हिजो मात्र राष्ट्र बैंकले लघुवित्तको नियमनमा थप कडाइ गर्ने व्यवस्था गरेसँगै आज त्यसको असर लघुवित्तको शेयर कारोबारमा देखिएको छ । हिजो पनि लघुवित्तको शेयर उच्च अङ्कले घटेको थियो । आज ३७ वटा लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ भने आठ वटा लघुवित्त कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ ।

शेयर बजार घटे पनि कारोबार रकम भने आज केही बढेको छ । आज २ सय ६० वटा कम्पनीका ६३ लाख २६ हजार कित्ता शेयर २ अर्ब ५२ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै छिमेक लघुवित्त वित्तीय संस्थाको ८ करोड ७० लाख रुपैयाँको शेयर किनबेच भएको छ । समग्रमा बजार घटे पनि आज नेपाल हाइड्रो डेभलपर्स कम्पनी र साम्लिङ पावर कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय