
नेपाली बजारमा आज (सोमबार) सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँ घट्दै एक लाख एक हजार आठ सय रुपैयाँमा झरेको हो ।
यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा दुई सय रुपैयाँले नै घट्दै आज एक लाख एक हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैयाँले घट्दै एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।