२०८१ चैत्र १२ मंगलवार

गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन गरेर अवाञ्छित गतिविधि फैलाउनेलाई रोक्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

आज (शुक्रबार) मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र पठाएर गृहले बैंकका शाखाको सुरक्षामा खलल पार्ने तथा आन्दोलनको नाममा शान्ति सुरक्षा हनन गर्ने क्रियाकलाप बढ्न सक्ने भएकाले त्यसलाई रोक्न परिपत्र जारी गरेको हो ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीविरुद्ध संगठित रूपमा नै आन्दोलन हुन थालेको छ । बैंकर्स संघको टोलीले बिहीबार गृहसचिव तथा प्रहरी प्रमुखलाई भेटेर सुरक्षा माग गरेको थियो । गृह मन्त्रालयका प्रवक्ता जितेन्द बस्नेतले बैंकविरुद्धको आन्दोलनका नाममा अवाञ्छित गतिविधि बढ्न थालेको देखेपछि त्यसलाई रोक्न निर्देशन दिएको जानकारी दिए ।

झापाका मेडिकल व्यावसायी दुर्गा प्रसाईंको नेतृत्वको समूहले बैंकविरुद्धको आन्दोलन गर्ने, मोसो समेत दल्ने धम्की दिएको छ । बैंक तथा वित्तीय संस्थाको शाखा बन्द गराउने अभियान समेत चलेको छ । पछिल्ला क्रियाकलापले बैंकका कर्मचारी डराउनु पर्ने स्थिति आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय