२०८२ श्रावण १ बिहीबार

इङवा हाइड्रोपावर लिमिटेले आज फागुन २१ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले स्थानीयलाई जारी पुँजी ६० करोड रुपैयाँको १० प्रतिशलते हुन आउने ६ करोड रुपैयाँबराबरको सेयर जारी गरेको छ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ६ लाख कित्ता सेयर बिक्री गर्नेछ ।

आईपीओमा आयोजना अति प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाको सिदिङ्वा गाउँपालिका ३ र पाँचथर जिल्लाको यङपरक गाउँपालिका–२ स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् ।

यसैगरी सर्वसाधारणका लागि निष्कासन हुने १२ लाख कित्तामध्ये १० प्रतिशतले हुन आउने १ लाख २० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन् ।

स्थानीय र वैदेशमा रहेका श्रमिकले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओ दुवै समूहले चैत ५ गतेसम्म आवेदन दिन सक्नेछन् । स्थानीयका लागि जारी आईपीओको निष्कासन बन्द भने ढिलोमा चैत २० गते हुनेछ । यो आईपीओको बिक्री प्रबन्धकमा नेपाल एसबिआई क्यापिटल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर