
नेपाली बजारमा साताको पहिलो दिन आज (आइतबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ६ सयले घटेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघकाअनुसार आज चाँदीको मूल्य प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।