
रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र वडा नम्बर–७ का वडाध्यक्ष भीमबहादुर यादव र बिचौलिया विनोद भर ५० हजार घुससहित रङ्गेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले तीनै जनालाई घुस रकमसहित गाउँपालिकाकाकै कार्यालयबाट पक्राउ गरेको हो ।
उत्खनन गरी घाटगद्दीमा रहेको नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनको लागि उनीहरूले सेवाग्राहीसँग उक्त घुस लिएका अख्तियारले जनाएको छ । नियन्त्रणमा लिएर उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।