२०८१ चैत्र २ शनिबार

नेपाली बजारमा यो वर्षको अन्तिम दिन आज बिहीबार सुनचाँदी मूल्य स्थिर छ। यसअघि सुन तोलाको एक हजार रुपैयाँले बढेको सुनको कारोबार स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार २५० रुपैयाँ निर्धारण भएको छ। यसअघि बुधबार सुनको करोबार सोही मूल्यमा किनबबेच भएको थियो।

बिहीबार चाँदीको भाउ पनि स्थिर रहेको छ। चाँदी तोलाको १४ सय ५० रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको कारोबार सोही मूल्यमा भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय