२०८१ चैत्र १० आईतवार

धेरैपछि हिजो (बुधबार) उच्च अंकले बढेको शेयर बजार आज वर्षको अन्तिम दिन बिहीबार फेरि ओरालो लागेको छ । बुधबार ९२ अंकले बढेको शेयर बजार परिसूचक नेप्से आज २९ अंकले ओरालो लागेर १९३४.४७ विन्दुमा झरेको छ ।

आज दुई सय ७० वटा कम्पनीका ४९ लाख कित्ता शेयर किनबेच हुँदा एक अर्ब ६५ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

समग्र बजार घटे पनि आदर्श लघुवित्त, कालिञ्चोक दर्शन लिमिटेड र मेलुङ हाइड्रो कम्पन्नीको शेयर १० प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय