२०८२ जेष्ठ २९ बिहीबार

दोल्ती पावर कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत २८ गतेदेखि आइपीओ निष्काशन गरेको हो । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझ ५ः०३ बजेसम्ममा ८ लाख ४६ हजार ५३२ आवेदकबाट ९४ करोड ५४ लाख ३६ हजार रुपैयाँ बराबरको ९४ लाख ५४ हजार ३६० कित्ता शेयरको लागि आवेदन परेको हो ।

कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशत अर्थात १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख ७२ हजार ९७२ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो ।

जसमध्ये १ लाख ७ हजार २९८ कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि बाँडफाँड गरिसकेको छ भने ६८ हजार १७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

उक्त आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर