२०८१ चैत्र १२ मंगलवार

आईएमई ग्रुप अन्तर्गत ‘आईएमई डिजिटल सोलुसन लिमिटेड’ को ‘आईएमई पे’ ले पहिलो पटक क्यूआर स्क्यान फिचर प्रयोग गर्ने ग्राहकलाई लक्षित गरी नयाँ योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ‘आईएमई पे’ बाट पहिलो पटक क्यूआर कोड स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकले ‘फर्स्ट क्यूआर’ प्रोमोकोड प्रयोग गरी २५ रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

विद्युतीय भुक्त्तानी गर्न प्रोत्साहन गर्न र साथै वित्तीय साक्षरता प्रदान गर्ने उदेश्यले यस्तो योजना सुरु गरिएको ‘आईएमई पे’ ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय