२०८१ चैत्र ११ सोमबार

माई खोला हाइड्रोपावरले आजदेखि आईपिओ बिक्री खुला गरेको छ । हाइड्रोपावरले सर्वसाधारणका लागि आईपिओ बिक्रीमा ल्याएको हो ।

यस आईपिओमा वैशाख १२ गतेसम्म आवेदन पाउने अर्थात उक्त समयसम्ममा सबै सेयर बिक्री नभएमा भने वैशाख २४ गतेसम्म खुला रहनेछ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँको दरले १२ लाख ६९ हजार ४११ कित्ता सेयर निष्कासन गरेको हो । कुल १५ लाख २९ हजार ४११ कित्ता सेयरमध्ये ७६ हजार ४७१ कित्ता म्युचुअल फन्ड र ३० हजार ५८८ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला भएको हो ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर