२०८१ चैत्र १२ मंगलवार

नेपालबाट दक्षिण कोरिया जाने हवाई भाडा महँगो भएकोबारे श्रम मन्त्रालयले ईपीएस कोरियालाई स्पष्टीकरण सोधेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले कोरियन एयरलाइन्सले यात्रुसँग महँगो भाडा असुल गरिरहेको विषयमा श्रम मन्त्रालयमार्फत तीन दिनभित्र जवाफ दिन भनिएको जानकारी दिएका छन् ।

उनका अनुसार कोरियन एयरलाइन्सले अहिले यात्रुबाट एक लाख ८५ हजार रुपैयाँ लिइरहेको छ । जबकि ट्रान्जिट भएर जाँदा पनि लगभग ७० हजार मात्र भाडा लाग्ने उनको भनाइ छ । मन्त्री किरातीका अनुसार ईपीएसबाट कोरियन एयरलाइन्सले कोरिया जाने टिकटको लागतबारे प्रश्न गरिएको छ । सो टिकटबाट प्रतिव्यक्ति कति नाफा आउँछ भनी प्रश्न गर्ने निर्णय भएको मन्त्री किरातीले जानकारी दिए ।

नाफा कति प्रतिशत बढाउन पाइने निर्णय छ?, कोरियन एयरलाइन्सले अहिलेसम्म एकलौटी कति यात्रु बोके?, समग्रमा अहिलेसम्मको टिकटको बजेट कति हुन आउँछ भन्नेबारे समेत प्रश्न सोधिने भएको छ । कोरिया जाने हवाई भाडा अत्यधकि भएको गुनासो यात्रुले गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय