
नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज आइतबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख १० हजार २ सय रहेको थियो ।
आज सो मूल्य घटेर १ लाख ९ हजार ३ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य १ लाख ८ हजार ८ सय रहेको छ ।
यता चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले गिरावट आएको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ४ सय ४५ रहेकोमा आज १ हजार ४ सय ४० रहेको छ ।